एकीकृत समाजवादीको आचारसंहिता – पार्टीको निर्णयमा फरक धारणा राख्न नपाइने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता तथा कार्यकर्ताको आचरण र व्यवहार पार्टीले अँगालेको क्रन्तिकारी सिद्धान्त अनुरुप बनाउन भन्दै आचारसंहिता बनाएको छ । शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधवकुमार नेपालले आचारसंहिता पेस गरेका हुन् । आचारसंहितामा “पार्टीको निर्णयमा आफ्नो फरक मत वा धारणा भएपनि पार्टी निर्णयको अभज्ञा गर्न पाइँदैन” उल्लेख छ । यस्तै, कम्युनिस्ट […]

Feb 21, 2025 - 08:50
 0
एकीकृत समाजवादीको आचारसंहिता – पार्टीको निर्णयमा फरक धारणा राख्न नपाइने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता तथा कार्यकर्ताको आचरण र व्यवहार पार्टीले अँगालेको क्रन्तिकारी सिद्धान्त अनुरुप बनाउन भन्दै आचारसंहिता बनाएको छ ।

शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधवकुमार नेपालले आचारसंहिता पेस गरेका हुन् ।

आचारसंहितामा “पार्टीको निर्णयमा आफ्नो फरक मत वा धारणा भएपनि पार्टी निर्णयको अभज्ञा गर्न पाइँदैन” उल्लेख छ ।

यस्तै, कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू एक आपसमा र जनतासँग शिष्ट, मर्यादित, सम्मानजनक र समानताको व्यवहार गर्ने हुनुपर्ने पनि आचारसंहितमा उल्लेख छ ।

साथै, बोल्दा अश्लील र अपशब्दको प्रयोग गर्नु नहुने, कुनै वर्ग, जाति, समुदाय, लिङ्ग, क्षेत्र, धर्म र संस्कृतिको मर्यादा तथा गरिमामा आँच पुग्ने गरी अभिव्यक्ति दिन या व्यवहार गर्न नहुने आचारसंहितामा उल्लेख छ ।

आचारसंहिता-



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register