राधिकाको करूणा : मिर्गौला उहाँको खराब थियो, मुटु मेरो बिझाउँथ्यो

काठमाडौं । ३७औं विवाहोत्सवको छेको प्रथम महिला राधिका शाक्यको पुस्तक करूणा सार्वजनिक भएको छ । भृकुटीमण्डपमा एक कार्यक्रममार्फत पुस्तकको लोकार्पण गरिएको हो । पुस्तकमा शाक्यले आफ्नो जीवनका भोगाइ र प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनीबारे उल्लेख गरेको वक्ताहरूले बताएका छन् । कार्यक्रममा पुस्तकबारे टिप्पणी गर्दै साहित्यकार अमर न्यौपानेले यो पुस्तक परिवारमा नानीदेवीका रूपमा परिचित राधिकाले केपी […]

Feb 22, 2025 - 10:47
 0
राधिकाको करूणा : मिर्गौला उहाँको खराब थियो, मुटु मेरो बिझाउँथ्यो

काठमाडौं । ३७औं विवाहोत्सवको छेको प्रथम महिला राधिका शाक्यको पुस्तक करूणा सार्वजनिक भएको छ ।

भृकुटीमण्डपमा एक कार्यक्रममार्फत पुस्तकको लोकार्पण गरिएको हो । पुस्तकमा शाक्यले आफ्नो जीवनका भोगाइ र प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनीबारे उल्लेख गरेको वक्ताहरूले बताएका छन् ।

कार्यक्रममा पुस्तकबारे टिप्पणी गर्दै साहित्यकार अमर न्यौपानेले यो पुस्तक परिवारमा नानीदेवीका रूपमा परिचित राधिकाले केपी ओलीको कथा भनेको उल्लेख गरे । पुस्तक बिरामी र आत्मविश्वास र त्याग र समर्पण र प्रेरणाको कथा रहेको बताए ।

पुस्तक पढ्दा राधिकाले सम्पूर्ण जीवन ओलीसँगै समाजसेवा समर्पित गरेको थाहा लाग्ने उनको भनाइ छ । त्यसको पुष्टीका लागि न्यौपानले पृष्ठ १६८ मा लेखिएको अंश सुनाए । जसमा राधिकाले लेखेकी छिन्, “शरीर उहाँको थियो, चिन्ता मलाई थियो । पीडा उहाँको ज्यानमा थियो । दु:खाइको अनुभव मलाई हुन्थ्यो । मिर्गौलामा समस्या उहाँको थियो हमेसा मुटु मेरो बिझाउँथ्यो । रोगले उहाँको ज्यानमा प्रहार गर्दा आँसु मेरा आँखाबाट बग्थे ।”

कार्यक्रममा बोल्दै राधिकाले ओलीसँग बिहे गर्दा विभिन्न प्रश्न उठेपनि आफूलाई भने गर्व लागेको बताइन् । “हाम्रो केपी सरलाई पहिले-पहिले ठूलै नेता भन्ने साथीहरूले पनि उहाँलाई भैँसी गोठालो, गोठालोको छोरा आदि इत्यादि भनेर इन्टरभ्यु दिएको देखेकी थिएँ । त्यतिबेला पनि मैले एक लाइन भए पनि कोरेकी थिएँ, एउटा भैँसी गोठालोसँग बिहे गरेको मलाई ठूलो गर्व लाग्छ भनेर ।” उनी भन्छिन् ।

यस्तै, एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले करूणा केपी ओली र राधिकाले व्यहोरेका पीडा, पीडाविरूद्धका दृढता र नेपाली राजनीतिमा देखापरेका विसङ्गतिका चित्रण रहेको उनले बताए । पुस्तकमा राधिकाले केपी ओलीप्रतिका आफ्ना अपेक्षाबारे पनि चर्चा गरेको बताए ।

यस्तै, केपी ओलीबारे अराजनीतिक र असंवेदनशील टिप्पणी हुँदा राधिकाका मनमा उब्जिएका पीडाबारे पुस्तका उल्लेख गरिएको उनले बताए । “यो पुस्तकमा केपी शर्मा ओलीप्रतिका उहाँका अपेक्षा र उहाँप्रति अराजनीतिक र असंवेदनशील टिप्पणी हुँदा उब्जिएका पीडा पढ्न सकिन्छ,” ज्ञवालीले भने ।

ज्ञवालीले राधिकाको सबैभन्दा ठूलो उत्सव श्रीमान जन्मदिन रहेको कुरा पुस्तकमा उल्लेख गरेको बताए । आफ्नो जन्मथलोमा जन्मदिन मनाउँदा गरिएका टिप्पणीले राधिकाको चित्त दुखेको कुरा ज्ञवालीले पुस्तकमा उल्लेख भएको चर्चा गरे ।

“श्रीमानको मृगौला प्रत्यारोपण गर्दाको क्षण होस् वा मेनेनजाइटिसले थलिँदा उपचारमा लिएर जाँदा होस्। त्यसबेलाका पीडा र पीडा सामनाको दृढता पुस्तकमा पढ्न पाइन्छ । नवौं महाधिवेशनको समयमा आर्यघाट जान ठीक्क परेको मान्छेले पार्टी कसरी चलाउँछ भन्ने प्रश्न गर्दा राधिका जीका मनमा उब्जिएका पीडापनि पुस्तकमा समावेश छ । आफ्नो सबैभन्दा ठूलो उत्सव श्रीमानको जन्मदिन जन्मथलोमा मनाउँदा भएका विरोधमा उहाँका चित्त दुखाई पनि पुस्तकमा छन्,” उनले भने ।

सारमा यो पुस्तक सामूहिक हितका लागि जीवन समपर्ण गरेको महिलाको जीवनी रहेको उनले बताए ।

कार्यक्रमकी वक्ता आनी छोइङ् डोल्माले बुद्ध धर्मको कुलमा जन्मिएर कम्युनिष्ट विचारमा झुकाव राख्दै देश र जनताप्रति समर्पित महिलाको जीवनी रहेको उल्लेख गरिन् । “उहाँको समाजसेवा र करूणा व्यवहारबाट म निकै प्रभावित छु । बुद्ध धर्मको कुलमा जन्मिएर कम्युनिष्ट विचारमा झुकाव राख्दै देश र जनताप्रति समर्पित महिलाको जीवनी हो जस्तो लाग्छ पुस्तक,” उनले भनिन् ।

पुस्तक लोकार्पणमा अन्तिम वक्ता थिए, प्रधानमन्त्री केपी शर्मा ओली । उनले सुरूमै ठट्टा गरे – “पुस्तकको प्रशंसा गरौँ श्रीमतीको प्रशंसा गर्न पाएको रहेनछ आज गर्‍यो भनलान् । योबाट बच्नु नै श्रेयस्कर हुन्छ । किताब पढ्दा राम्रै लाग्यो । यो कहानी कथा होइन सत्य हो, यसमा कुनै मिसावट छैन, यसको सत्यतामा कसैले चुनौती दिन सक्दैन ।”

यो पुस्तकबाट आफूले पनि केही नयाँ कुरा थाहा पाएको उनले बताए । पुस्तकबाट आफूप्रति पत्नी राधिकाको अपेक्षा र चाहाना थाहा लागेको उनले उल्लेख गरे । “उनको अपेक्षा रहेछ आफ्नो जन्मदिनमा कम्तिमा एउटा फूल देओस् । जन्मदिनमा फूल दिन त हुन्थ्यो भोलिपल्ट मात्रै थाहापाउँछु । उनलाई सम्झिदिए हुन्छ भन्ने लाग्दोरहेछ । मलाई भन्दिए हुन्थ्यो जस्तो लाग्छ,” उनले भने ।

३७ वटा जन्मदिन र विवाहोत्सव यसैगरी बितेपनि आगामी दिनमा आफूले सम्झिने कोसिस गर्ने ओलीले बताए । ५० वर्ष यताका २४ वटा जन्मदिन पत्नी राधिकाले रमाइलो बनाइदिएकोमा ओलीले उनीप्रति धन्यवाद प्रकट गरे ।

यतिमात्रै होइन पत्नी राधिका नभएको भए आफू अहिलेसम्म नबाँच्नेसमेत उल्लेख गरे । जटिल स्वास्थ्य अवस्थाकाबीच आफूलाई सक्रिय राख्न राधिकाको मुख्य भूमिका रहेको उनी बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register