राष्ट्रसङ्घमा अमेरिकाले गर्‍यो युक्रेनको विपक्षमा मतदान

काठमाडौं । संयुक्त राष्ट्र सङ्घले युक्रेनी भूभागबाट रुसको तत्काल फिर्तालाई समर्थन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको हो । अमेरिकाले भने प्रस्तावको विपक्षमा मतदान गरको छ । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि पहिलो पटक अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको हो । प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, […]

Feb 25, 2025 - 02:43
 0
राष्ट्रसङ्घमा अमेरिकाले गर्‍यो युक्रेनको विपक्षमा मतदान

काठमाडौं । संयुक्त राष्ट्र सङ्घले युक्रेनी भूभागबाट रुसको तत्काल फिर्तालाई समर्थन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको हो ।

अमेरिकाले भने प्रस्तावको विपक्षमा मतदान गरको छ । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि पहिलो पटक अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको हो ।

प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्सजस्ता प्रमुख युरोपेली देशहरू छन् ।

जबकि अमेरिका, इजरायल र हङ्गेरीसँगै रुसले यो प्रस्तावको विपक्षमा मतदान गरे । यो प्रस्ताव युक्रेन र रुसबीच जारी युद्धको तेस्रो वार्षिकोत्सवमा आएको हो ।

राष्ट्र सङ्घमा यस प्रस्तावमाथि भएको मतदानमा भारत र चीनले भने भाग लिएनन् । ६५ देशले मतदानमा भाग नलिएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register