कुन कानुनले दियो ट्राफिक प्रहरीलाई ‘ह्विल लक’ गर्ने अधिकार ?
काठमाडौं । ट्राफिक प्रहरीले सडकमा रोकिराखिएका गाडीमा ‘ह्विल लक’ लगाउने कानुनी आधार के हो भन्ने विषयमा सूचना आयोगमा पुनरावेदन दर्ता भएको छ । कानुनका विद्यार्थी विवेक चौधरीले सूचनाको हक सम्बन्धी ऐन अन्तर्गत ट्राफिक प्रहरीले प्रयोग गर्ने कानुनी अधिकारबारे माग गरिएको सूचना नदिएको भन्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गरेका हुन् । चौधरीले माघ १५ गते बग्गीखाना ट्राफिक कार्यालयका सूचना अधिकारीलाई ईमेलमार्फत कानुनी जानकारी मागेका थिए । तर, तोकिएको समयभित्र कुनै जवाफ नआएपछि उनले फागुन ५ गते कार्...

What's Your Reaction?






