बागमती प्रदेश मन्त्रीका स्वकीयको मृत्यु, भेटियो सुसाइड नोट

काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ । विष सेवन गरेका थापाको उपचारको क्रममा कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए । धादिङको धुनीबेसी नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१४ लिगमार्गस्थित कलङ्कीमा कोठा लिएर बसेका शिव […]

Feb 25, 2025 - 12:20
 0
बागमती प्रदेश मन्त्रीका स्वकीयको मृत्यु, भेटियो सुसाइड नोट

काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ ।

विष सेवन गरेका थापाको उपचारको क्रममा कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।

धादिङको धुनीबेसी नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१४ लिगमार्गस्थित कलङ्कीमा कोठा लिएर बसेका शिव कुँवरको कोठामा थापा सोमबार साँझ अचेत भेटिएका थिए ।

प्रहरीले उनको साथबाट सुसाइड नोट समेत फेला परेको छ ।

बागमती प्रदेशको समस्याग्रस्त सहकारीमा दर्ज भएको सुमेरु सहकारीको विषयमा स्वकीय सचिव थापाको नाम मुछिएको अडिओ मिडियामा सार्वजनिक भएको थियो ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतकाअनुसार थापाले सहकारीको तनावले गर्दा सुसाइड नोट लेखेर विष पिएको देखिन्छ । थापाले सुसाइड नोटमा पैसा लेनदेनको विषयमा आफ्नो नाम जोडिएको र त्यसबाट आफ्नो बेइज्जत भएको उल्लेख गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register