पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यबारे प्रचण्डको प्रतिक्रिया : कसैले उनलाई बोल्न लगाएका होलान्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहले चर्चित वक्तव्यबारे टिप्पणी गरेका छन् । पूर्वराजाको वक्तव्य आएको एक हप्तापछि उनले यसबारे दाेस्राे पटक सार्वजनिक टिप्पणी गरेका हुन् । तराई–मधेस जागरण अधियानअन्तर्गत बुधबार मोरङको विराटनगर पुगेका प्रचण्डले कसैले बोल्न लगाएका कारण पूर्वराजा ज्ञानेन्द्र बोलेको बताएका छन् । पूर्वराजाले टेकओभर […]

Feb 26, 2025 - 07:25
 0
पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यबारे प्रचण्डको प्रतिक्रिया : कसैले उनलाई बोल्न लगाएका होलान्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहले चर्चित वक्तव्यबारे टिप्पणी गरेका छन् ।
पूर्वराजाको वक्तव्य आएको एक हप्तापछि उनले यसबारे दाेस्राे पटक सार्वजनिक टिप्पणी गरेका हुन् ।

तराई–मधेस जागरण अधियानअन्तर्गत बुधबार मोरङको विराटनगर पुगेका प्रचण्डले कसैले बोल्न लगाएका कारण पूर्वराजा ज्ञानेन्द्र बोलेको बताएका छन् ।

पूर्वराजाले टेकओभर गर्ने चर्चा छ नि ?’ भन्ने पत्रकारहरूको प्रश्नमा उनले देशमा फेरि राजतन्त्र फर्किने कुरा असम्भव रहेको दाबी गरे ।

‘पूर्वराजाले ओभरटेक गर्ने चर्चा छैन । उनलाई मैले कुनै महत्त्व दिएको पनि छैन । उनले बोले । मानिसहरूले प्रतिक्रिया दिइरहेका छन्,’ प्रचण्डले भने, ‘किनभने इतिहासबाट हामी धेरै अगाडि बढिसक्यौँ । जनताको चेतना, आन्दोलन र परिस्थिति पनि धेरै अगाडि बढिसकेको छ । कसैले उनलाई बोल्न लगाएका होलान् । जसले नजिक बसेर केही पाउँला भन्ने हिसाबले केही बोल्न लगाएका होलान् । त्यसको कुनै अर्थ छैन । त्यसकारण यो देशमा फेरि राजतन्त्र फर्किने कुरा असम्भव छ ।’

पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको उपलक्ष्यमा भिडिओ सन्देश जारी गर्दै राष्ट्र जोगाउने हो भने आफूहरूलाई साथ दिन आम जनतालाई अनुरोध गरेका थिए । त्यसलगत्तै राजसंस्थाको मुद्दा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि उत्साहित भएको छ । उसले छिटफुट आन्दोलनसमेत गरिरहेको छ ।

पूर्वराजाको वक्तव्यले समग्र राजनीतिमासमेत तरङ्ग ल्याइरहेको छ ।

पूर्वप्रधानमन्त्री प्रचण्डले यसअघि पनि ज्ञानेन्द्रको वक्तव्यबारे सामान्य प्रतिक्रिया जनाएका थिए । बुधबार दोस्रो पटक प्रतिक्रिया आएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register