कोशी प्रदेशमै पहिलो पटक झापाको अर्जुनधारा धाममा सामूहिक विवाह हुँदै

झापा, १४ फागुन । झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा जलेश्वरधामले कोशी प्रदेशमै पहिलो पटक निःशुल्क सामूहिक विवाह गर्ने भएको छ । अर्जुनधारा धाम र विश्व हिन्दू परिषद नेपालको आयोजनामा आगामी बैशाख ३ गते सामूहिक विवाह गर्न लागिएको हो । धाम परिसरमा आज आयोजित पत्रकार भेटघाटमा २५ जोडीको निःशुल्क सामुहिक विवाह गर्न लागिएको अर्जुनधारा जलेश्वरधाम कार्य समितिका [...] The post कोशी प्रदेशमै पहिलो पटक झापाको अर्जुनधारा धाममा सामूहिक विवाह हुँदै appeared first on Jhapa Online.

Feb 26, 2025 - 14:50
 0
कोशी प्रदेशमै पहिलो पटक झापाको अर्जुनधारा धाममा सामूहिक विवाह हुँदै

झापा, १४ फागुन । झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा जलेश्वरधामले कोशी प्रदेशमै पहिलो पटक निःशुल्क सामूहिक विवाह गर्ने भएको छ ।

अर्जुनधारा धाम र विश्व हिन्दू परिषद नेपालको आयोजनामा आगामी बैशाख ३ गते सामूहिक विवाह गर्न लागिएको हो । धाम परिसरमा आज आयोजित पत्रकार भेटघाटमा २५ जोडीको निःशुल्क सामुहिक विवाह गर्न लागिएको अर्जुनधारा जलेश्वरधाम कार्य समितिका अध्यक्ष नविन गट्टानीले जानकारी दिनुभयो । सामूहिक विवाहका लागि आर्थिक अवस्था कमजोर रहेकालाई विशेष प्राथमिकता दिइने उहाँले बताउनुभयो ।

धामले विवाहका लागि इच्छुकहरुलाई निवेदन दिन आह्वान गरेको छ । नवविवाहित बरबधुलाई उपहारसमेत प्रदान गरिने अध्यक्ष गट्टानीले बताउनुभयो । सामूहिक विवाह गर्ने बरबधुले अभिभावकको अनुमतिसँगै आफू बसेको वडाको सिफारिस लिनुका साथै विवाहका लागि मञ्जुर भएको प्रमाण पेश गर्नुपर्ने छ ।

सामूहिक विवाहमा केटा र केटीको परिवारको तर्फबाट १०÷१० जना सहभागी हुन पाउनेछन् । प्रत्येक जोडीका लागि अलग–अलग मण्डप र गुरु हुने धामका महासचिव शिवलाल खतिवडाले बताउनुभयो । विवाहको सम्पूर्ण खर्च धामले आयोजक संस्थाले व्यहोर्ने उहाँले बताउनुभयो । सामूहिक विवाहमा करिब ३५ लाख रुपैयाँ खर्च हुने जनाइएको छ ।

अर्जुनधारा जलेश्वर धामका प्रमुख अर्चक अग्निप्रसाद सिग्देलले ब्रम्ह विवाहको विधिबाट विवाह हुने बताउनुभयो । खर्चको अभावका कारण कतिपय जोडीले विधिपूर्वक विवाह गर्न नसकेको बताउहुँदै त्यस्ता जोडीलाई यसले सहयोग मिल्ने बताउनुभयो ।

धामले सामूहिक विवाहमा सहभागी हुन चाहने बरबधुका लागि योग्यतासमेत तोकेको छ । उमेर पुगेको, मातापिता तथा अभिभावकको सहमति र उपस्थिति, उमेर खुल्ने नागरिकता वा जन्मदर्ताको प्रतिलिपि, विवाह प्रमाणित गर्ने सम्बन्धित वडाको सिफारिस, विवाहमा उपस्थितिको समयमा बरबधुले नागरिकता वा परिचय खुल्ने प्रमाण सक्कल र हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो फारमसँगै बुझाउनु पर्नेछ ।

विवाहका लागि अलग–अलग गुरुको व्यवस्था गरिए पनि इच्छुक वरवधुले आफू चाहेको गुरु ल्याउन सक्ने छन् । संस्थाले दिने बाहेक अतिरिक्त उपहार अभिभावकहरुले दिन सक्ने जनाइएको छ ।

विश्व हिन्दू परिषद नेपाल कोशी प्रदेश महिला विभाग प्रमुख सीतादेवी ढुङ्गानाले कोशी प्रदेशमा पहिलो पटक यस प्रकारको विवाह गर्न लागिएको बताउनुभयो । जनकपुरमा हरेक वर्ष ५० जना जोडीको सामुहिक विवाह गर्ने गरिएको र गत वर्ष काठमाडौमा समेत २५ जनाको सामूहिक विवाह गरिएको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा धामका कोषाध्यक्ष मनोज जोशी, लगायतले सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

The post कोशी प्रदेशमै पहिलो पटक झापाको अर्जुनधारा धाममा सामूहिक विवाह हुँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register