झारखण्ड : विवाहबाट फर्किरहेका तीन नाबालिगमाथि सामूहिक बलात्कार

काठमाडौं । भारतको झारखण्ड राज्यको राजधानी राँचीसँगै रहेको खुन्टी जिल्लामा तीन नाबालिग बालिकामाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । प्रहरीकाअनुसार घटनाको बारेमा उजुरी दर्ता भएपछि अभियुक्तहरूलाई पक्राउ गरिएको छ । प्रहरीमा परेको उजुरीअनुसार पीडित नाबालिगहरू विवाह समारोहबाट फर्कँदै गर्दा बाटोमा उनीहरूसँग यो घटना भएको हो । घटना फेब्रुअरी २१ मा भएको थियो । परिवारका सदस्यहरूको […]

Feb 26, 2025 - 14:43
 0
झारखण्ड : विवाहबाट फर्किरहेका तीन नाबालिगमाथि सामूहिक बलात्कार

काठमाडौं । भारतको झारखण्ड राज्यको राजधानी राँचीसँगै रहेको खुन्टी जिल्लामा तीन नाबालिग बालिकामाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ ।

प्रहरीकाअनुसार घटनाको बारेमा उजुरी दर्ता भएपछि अभियुक्तहरूलाई पक्राउ गरिएको छ । प्रहरीमा परेको उजुरीअनुसार पीडित नाबालिगहरू विवाह समारोहबाट फर्कँदै गर्दा बाटोमा उनीहरूसँग यो घटना भएको हो ।

घटना फेब्रुअरी २१ मा भएको थियो । परिवारका सदस्यहरूको उजुरीपछि प्रहरीले फेब्रुअरी २३ मा मुद्दा दर्ता गरी सबै अभियुक्तहरूलाई पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार यस घटनामा १२ देखि १७ वर्ष उमेर समूहका १८ जना नाबालिगहरू संलग्न रहेको आरोप छ । सोधपुछका क्रममा अभियुक्तहरूले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।

आरोपितविरुद्ध भारतीय दण्डसंहिता (आईपीसी) र पोक्सो ऐनको विभिन्न धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ । सबै अभियुक्तहरूलाई बालगृह पठाइएको छ ।

दर्ता गरिएको उजुरीको आधारमा खुन्टीका एसपी अमन कुमारले बीबीसी हिन्दीसँग सम्पूर्ण घटनाको बारेमा विस्तृत रूपमा कुरा गरे ।

उनले भने, “खुन्टी जिल्लाको एउटा गाउँमा लोटा पानी (इन्गेजमेन्ट) समारोह थियो । सबै केटीहरू आफ्ना परिवारसँग समारोहमा भाग लिन गएका थिए । सोही समारोहमा अभियुक्त केटाहरू पनि उपस्थित थिए ।”

एसपी कुमारले  भने, “घटना राति १० बजेतिर भएको थियो जब पाँच जना केटीहरू सँगै आफ्नो गाउँ फर्किरहेका थिए । केही केटाहरूले उनीहरूको पछि लागे । नदी पार गर्ने क्रममा केटाहरूले उनीहरूलाई दुर्व्यवहार गर्न थाले र पाँच जना केटीहरूलाई जबरजस्ती नजिकैको जङ्गलमा लैजान खोजे ।”

पाँच जना केटीहरूमध्ये एकले आफ्ना साथीहरूलाई बचाउन खोजिन् । जब उनी असफल भइन्, उनले आफूलाई छुटाउन एक केटाको हात टोकिन् र भाग्न सफल भइन् । यसैबीच अर्की केटी पनि त्यहाँबाट भाग्न सफल भइन् ।

भाग्न सफल दुवै केटीहरू कार्यक्रम स्थलमा पुगे र घटनाको बारेमा आफ्ना परिवारलाई जानकारी गराएका थिए ।

प्रहरीका अनुसार घटनाको जानकारी पाएपछि तत्काल कारबाही गरिएको थियो र सबै अभियुक्तहरूलाई पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार हिरासतमा लिइएका केटाहरूमध्ये सबैभन्दा कान्छो अभियुक्त १३ वर्षको छ भने सबैभन्दा जेठो अभियुक्त १७ वर्षको छ ।

पीडित बालिकाहरूको उमेर १०, १३, १५ र १६ वर्ष रहेको बताइएको छ । सबै फरक-फरक स्कूलमा पढ्छन् ।

एसपी कुमारले भने, “पीडितहरूको बयान लिएपछि उनीहरूलाई मेडिकल जाँचको लागि पठाइएको छ ।” २४ फेब्रुअरी सोमबार अबेर साँझसम्म उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register