नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
काठमाडौं । नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८४ वर्षको उमेरमा शुक्रबार बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा श्रेष्ठको निधन भएको पारिवारिक स्रोतले बताएको छ । बिरामी भएकी उनी केही दिनदेखि प्रहरी अस्पतालमा उपचाररत थिइन् । सघन उपचारकक्ष (आईसीयू)मा उपचार गराई स्वास्थ्यमा सुधार भएपछि उनलाई वार्डमा सारिएको थियो । उपचारको क्रममा शुक्रबार निधन […]

काठमाडौं । नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ ।
८४ वर्षको उमेरमा शुक्रबार बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा श्रेष्ठको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
बिरामी भएकी उनी केही दिनदेखि प्रहरी अस्पतालमा उपचाररत थिइन् । सघन उपचारकक्ष (आईसीयू)मा उपचार गराई स्वास्थ्यमा सुधार भएपछि उनलाई वार्डमा सारिएको थियो । उपचारको क्रममा शुक्रबार निधन भएको हो ।
शारदा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश पनि हुन् ।
शारदाले निरन्तर ४ दशक न्यायाधीशका रूपमा काम गरिन् । जिल्ला र तत्कालीन पुनरावेदन अदालत हुँदै २०६१ वैशाख ३ गते सर्वोच्चको न्यायाधीशमा नियुक्त भइन् ।
उनी नेपालको न्यायालयमा पहिलो महिला न्यायाधीश र सर्वोच्च पुग्ने दोस्रो महिला न्यायाधीश हुन् । करिब ४ दशक न्याय सेवामा बिताइन् । विसं २०६५ जेठ २० मा सर्वोच्चबाट बिदा भएकी थिइन् ।
What's Your Reaction?






