पश्चिमी न्यूनचापीय प्रणालीको आङ्शिक प्रभाव, तराईका केही स्थानमा हुस्सु

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आङ्शिक प्रभाव रहेको छ । देशका पहाडी भागमा आङ्शिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ । महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो पहाडी भागमा आङ्शिक बदली रही बाँकी भेगमा मौसम […]

Mar 6, 2025 - 01:17
 0
पश्चिमी न्यूनचापीय प्रणालीको आङ्शिक प्रभाव, तराईका केही स्थानमा हुस्सु

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आङ्शिक प्रभाव रहेको छ । देशका पहाडी भागमा आङ्शिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुलुकका बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो पहाडी भागमा आङ्शिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ ।

यसैगरी, आज राति पहाडी भागमा आङ्शिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा शुक्रबार बिहान तराईका केही स्थानमा हल्का हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आङ्शिक प्रभाव पर्न सक्ने जनाउँदै महाशाखाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register