टिप्परका लागि छुट्टै लाइसेन्सको व्यवस्था गर्न माग 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले टिप्परको अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै झाले यस्तो माग गरेका हुन् ।  उनले टिप्परहरुले कानून नमान्दा दुर्घटना बढेको भन्दै टिप्परको लागि अलग्गै लाइसेन्सको माग गरेका छन् । अहिले टिप्परमा स्थानीय तहका जनप्रतिनिधिहरुको लगानी धेरै भएको दाबी गर्दै सांसद […]

Mar 7, 2025 - 08:33
 0
टिप्परका लागि छुट्टै लाइसेन्सको व्यवस्था गर्न माग 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले टिप्परको अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै झाले यस्तो माग गरेका हुन् । 

उनले टिप्परहरुले कानून नमान्दा दुर्घटना बढेको भन्दै टिप्परको लागि अलग्गै लाइसेन्सको माग गरेका छन् ।

अहिले टिप्परमा स्थानीय तहका जनप्रतिनिधिहरुको लगानी धेरै भएको दाबी गर्दै सांसद झाले उनीहरुले नै कानून नमान्ने गरेको आरोप लगाएका छन् । उनले स्थानीय नेताहरुकै लगानीका टिप्पर हुँदा नियमन गर्ने निकाय र राज्य पनि कमजोर भएको उनको भनाई छ । 

त्यस्तै, दैनिक ९७ वटा सडक दुर्घटना हुने र ७ जनाले ज्यान गुमाइरहेको तथ्यांक प्रस्तुत गर्दै सांसद झाले धेरैजसो सडक दुर्घटना टिप्परका कारण हुने बताएका छन् । उनले टिप्पर चालकहरुलाई तलब कम दिइने तर ‘टिप’का हिसाबले भत्ता धेरै दिइने हुँदा धेरै ‘टिप’ गर्ने हतारोमा सवारी दुर्घटना हुने गरेको बताएका छन् । यही कारण टिप्परका लागि छुट्टै लाइसेन्सको व्यवस्था गर्न उनले माग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register