सांसद पौडेलको माग : पाथीभरामा केबलकार बनाउन सरकारले सहजीकरण गर्नुपर्छ

काठमाडौं । नेकपा माओवादीका सांसद देवेन्द्र पौडेलले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न सरकारले सहजीकरण गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै पौडेलले सरकारले केबलकार निर्माण विवादलाई वार्ताको माध्यमबाट अघि बढाउनु पर्ने माग गरे । “सरकारले गरिरहेको दमनको बाटो गलत थियो । र, गलत छ,” पौडेलले भने, “वार्ताको माध्यमबाट समाधान अपनाएर मुक्कुमुलुङ […]

Mar 7, 2025 - 08:30
 0
सांसद पौडेलको माग : पाथीभरामा केबलकार बनाउन सरकारले सहजीकरण गर्नुपर्छ

काठमाडौं । नेकपा माओवादीका सांसद देवेन्द्र पौडेलले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न सरकारले सहजीकरण गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै पौडेलले सरकारले केबलकार निर्माण विवादलाई वार्ताको माध्यमबाट अघि बढाउनु पर्ने माग गरे ।

“सरकारले गरिरहेको दमनको बाटो गलत थियो । र, गलत छ,” पौडेलले भने, “वार्ताको माध्यमबाट समाधान अपनाएर मुक्कुमुलुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजीकरण गर्न विशेष माग गर्दछु ।”

सरकारले गर्न नसकेको धेरै कार्यहरू निजी क्षेत्रले गर्दै आएको बताउँदै पौडेलले चन्द्र ढकालजस्ता व्यवसायीहरूलाई प्रोत्साहन गर्नुपर्ने माग राखे ।

“निकै कमजोर आर्थिक अवस्थाबाट अघि बढिरहेका चन्द्र ढकाल जस्ता व्यवसायीहरूलाई प्रोत्साहन गर्न र केबलकार निर्माण प्रक्रियालाई सहजीकरण गर्न सरकारसँग अनुरोध गर्न चाहन्छु,” पौडेलले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register