क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक, पुरूष टोलीको श्रीलङ्का र अष्ट्रेलिया भ्रमण तय

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आफ्नो २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक गरिएको क्यालेन्डरमा दुवै पुरुष र महिला टोलीको लागि उमेर, घरेलु तथा अन्तर्राष्ट्रिय समावेश गरिएका छन् । विश्वकप छनोटका लागि पुरुष टोलीको विभिन्न अन्तर्राष्ट्रिय भ्रमणलाई पनि क्यालेन्डरमा राखिएको छ । जसमध्ये श्रीलङ्का र अष्ट्रेलियाको भ्रमण भनेर उल्लेख गरिएको छ […]

Mar 8, 2025 - 07:09
 0
क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक, पुरूष टोलीको श्रीलङ्का र अष्ट्रेलिया भ्रमण तय

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आफ्नो २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

शनिबार सार्वजनिक गरिएको क्यालेन्डरमा दुवै पुरुष र महिला टोलीको लागि उमेर, घरेलु तथा अन्तर्राष्ट्रिय समावेश गरिएका छन् ।

विश्वकप छनोटका लागि पुरुष टोलीको विभिन्न अन्तर्राष्ट्रिय भ्रमणलाई पनि क्यालेन्डरमा राखिएको छ । जसमध्ये श्रीलङ्का र अष्ट्रेलियाको भ्रमण भनेर उल्लेख गरिएको छ ।

टी–२० जुलाईमा श्रीलङ्का र अगस्टमा अष्ट्रेलिया भ्रमण राखिएको छ । नेपालको अष्ट्रेलिया भ्रमणमा उत्तरी क्षेत्रमा विगतको ४–५ वर्षदेखि आयोजना हुँदै आएको टप एन्ड टी–२० सिरिजमा प्रतिस्पर्धा गर्ने क्यानका सचिव पारस खड्काले बताए ।

साथै, टप एन्ड टी–२० सिरिज सकिएपछि पनि अष्ट्रेलियामा तयारी गर्ने उनले बताए । “टप एन्ड टी–२० सिरिज सकिएलगत्तै थप १०–१२ दिन बसेर क्रिकेट अष्ट्रेलियासँग र स्टेट अष्ट्रेलियासँग समन्वय गरेर थप टी–२० अन्तर्राष्ट्रिय तथा लिस्ट ए खेलहरु खेल्ने योजना बनाएका छौँ,” सचिव खड्काले भने ।

टप एन्ड टी–२० सिरिजका लागि गत वर्ष पनि नेपाललाई निम्तो आएको तर, विश्वकपको तयारी र सीमित बजेटका कारण त्यसमा सहभागिता जनाउन नपाएको खड्काले बताए ।

सो प्रतियोगितामा बङ्गलादेशको पाकिस्तानको ए टिमका खेलाडी सहभागी हुनेछन् । सचिव खड्काले भने, “अष्ट्रेलियाको बिग बासको टोली र प्रोभिजनल स्क्वाड सहभागिता रहने छ । अष्ट्रेलियाको स्टेटले नै औपचारिक टिम पठाएर खेल खेल्ने प्रतियेगिता भएको गर्छन् । जाडोमा महिनामा भएपनि वर्षभरि नै क्रिकेट खेल्ने भएकोले हाम्रो विश्वकप तयारीका लागि राम्रो प्रतियोगिता हुनेछ ।”

यस्तै, मेन्स सिनियरको लागि मे महिनामा ‘प्री–टुर टु यूके’ भनेर पनि समावेश गरिएको छ । सोबारे उनले भने, “मे १५ देखि मेको अन्त्यसम्म नेपाली टिमले काउन्टी टिमहरुसँग छलफल गरिरहेका छौँ । यसलाई स्कटल्याण्ड जानुअघि अभ्यास सिरिजको रुपमा राख्न समन्वय गर्दैँछौँ ।”

यस्तै, विश्वकपका लागि जुलाईमा श्रीलङ्कामा प्रशिक्षण क्याम्पलाई पनि क्यालेन्डरमा राखिएको छ ।

क्यालेन्डर – 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register