आगलागीबाट घाइतेको राईको उपचारको क्रममा मृत्यु

झापा, २५ फागुन । झापाको मेचीनगर नगरपालिका–४ आमडाँगीमा आगलागी हुँदा घाइते भएका ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा आगलागीमा घाइते हुने ५१ बर्षिय बिरेन्द्रराज राई रहेका छन् । गत फागुन ९ गते राति ९ः१० बजेको समयमा मृतक राईको घरको पुजा कोठामा अचानक विद्युत सर्ट भई कोठा भित्र आगलागी भएको थियो । उक्त आगो निभाउने [...] The post आगलागीबाट घाइतेको राईको उपचारको क्रममा मृत्यु appeared first on Jhapa Online.

Mar 9, 2025 - 11:46
 0
आगलागीबाट घाइतेको राईको उपचारको क्रममा मृत्यु

झापा, २५ फागुन । झापाको मेचीनगर नगरपालिका–४ आमडाँगीमा आगलागी हुँदा घाइते भएका ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा आगलागीमा घाइते हुने ५१ बर्षिय बिरेन्द्रराज राई रहेका छन् ।

गत फागुन ९ गते राति ९ः१० बजेको समयमा मृतक राईको घरको पुजा कोठामा अचानक विद्युत सर्ट भई कोठा भित्र आगलागी भएको थियो । उक्त आगो निभाउने क्रममा बिरेन्द्रराज राईको दुवै हात, दुवै खुट्टा र अनुहारमा आगोले पोली घाइते भएका थिए । घाइते उनको उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगेर सामान्य उपचारपछि १०ः०५ बजे आफन्तले थप उपचारको लागि बिराटनगरतर्फ लगेका थिए ।

गत फागुन २२ गते साँझ ७ बजे घोपा धरानमा लगेर उपचार गरी पुनः बिराटनगर लगेकोमा आज ३ः३० बजेको समयमा उपचारको क्रममा बिराटनगर स्थित बिराट नर्सिङ होम अस्पतालमा मृत्यु भएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post आगलागीबाट घाइतेको राईको उपचारको क्रममा मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register