नलगाडका गाउँबस्तीमा खानेपानीको हाहाकार

जाजरकोट । जाजरकोटका ग्रामीण बस्तीमा जथाभाबी सडक निर्माण गर्दा सुक्न थालेका छन् । एकातिर सडक निर्माण तथा अर्कातिर भूकम्पले भासिँदा पानीका मुहान सुकी गाउँबस्तीमा खानेपानीको हाहाकार भएको हो । नलगाड नगरपालिका–५ का ऐरारी, लविसा, गर्छिन, पोखरा, खन्टाकुरामा वर्षौंदेखि गाउँमा ल्याएर प्रयोग गरेका मुहानमा पानी सुकेपछि खानेपानीको समस्या भएको हो । गाउँबस्तीलाई सडक सञ्जालले जोड्न वातावरणीय […]

Mar 13, 2025 - 03:28
 0
नलगाडका गाउँबस्तीमा खानेपानीको हाहाकार

जाजरकोट ।


जाजरकोटका ग्रामीण बस्तीमा जथाभाबी सडक निर्माण गर्दा सुक्न थालेका छन् । एकातिर सडक निर्माण तथा अर्कातिर भूकम्पले भासिँदा पानीका मुहान सुकी गाउँबस्तीमा खानेपानीको हाहाकार भएको हो । नलगाड नगरपालिका–५ का ऐरारी, लविसा, गर्छिन, पोखरा, खन्टाकुरामा वर्षौंदेखि गाउँमा ल्याएर प्रयोग गरेका मुहानमा पानी सुकेपछि खानेपानीको समस्या भएको हो ।


गाउँबस्तीलाई सडक सञ्जालले जोड्न वातावरणीय प्रभाव मूल्यांकन (डीपीआर) बिना हचुवाको भरमा खनिएका सडकले उसै त सुकेका पानीका मुहान गत वर्षको भूकम्पले भासिएपछि खानेपानीको हाहाकार हँुदै गएको छ । भूकम्प गएको करिब १६ महिना बितिसक्दा पनि गाउँमा खानेपानी व्यवस्थापन हुन सकेको छैन । खानेपानीको चरम संकट हुँदासमेत सरोकारवाला निकाय, स्थानीय सरकारले चासो नगरेपछि नागरिकले खानेपानीका लागि सास्ती पाउन थालेका छन् ।


नलगाड नगरपालिका–५ का हस्तबहादुर वलीले ग्रामीण गाउँबस्तीमा आउने पानीका मुहान सुकेपछि आधा घण्टा हिँडेर पालो पर्खिएर पानी ल्याउनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले पानी लिनकै लागि घण्टांै पालो पर्खिनुपर्ने बाध्यता रहेको भन्दै दुःखेसो पोख्नुभयो ।


ग्रामीण बस्तीलाई सडक सञ्जालसँग जोड्न खानेपानीका मुहानमा क्षति पुग्ने गरी वातावरणीय प्रभाव मूल्यांकन नगरी हचुवाको भरमा सडक खनिएपछि घट्दै गएका पानीका मुहान गत वर्ष जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पले झन् काकाकुल बनाइदियो । गाउँमा पानीको मुहान भासिएपछि नलगाड नगरपालिका–५ ऐरारी, लविसा, गर्छिन, पोखरा, खन्टाकुरा गाउँका १ सय ५० बढी घरधुरीमा खानेपानीको समस्या भएको छ ।

ऐरारी गाउँमा दुई किलोमिटर टाढाबाट ल्याएको पञ्चासेको मुहान सुकेपछि ४० घरधुरीले लेखि खोरियाको पानी पालो पर्खेर ल्याउने गरेका छन् । नलगाड नगरपालिका–५ का दिलबहादुर वलीले माझगाउँबाट आएको पानी सुकेपछि गाउँदेखि मुनिको मुहानमा गाग्री बोकेर पालो पर्खिएर ल्याउने गरेको बताउनुभयो ।

गाउँदेखि माथिको खानेपानी सडक खन्दा मुहान भासिएको र पानीको ट्याङ्की सडक खनेको माटोले पुरिएपछि करिब ५० घरधुरीलाई बिहानबेलुका पानीको चिन्ता हुने गरेको छ । उहाँले स्थानीय सरकारसँग खानेपानी गाउँमा उपलब्ध गराउन समुदायले आग्रह गरे पनि बेवास्ता गरेको बताउनुभयो । घरआँगनमै आउने पानी सुकेपछि गाईगोरु बाख्रालाई पानी हुने ठाउँमा लिएर खुवाउने, भंैसी र मानिसलाई गाग्रीमा बोकेर खुवाउने पर्ने बाध्यता छ ।


नलगाड नगरपालिका–५ की शारदा वलीका अनुसार पहिला प्रयोग गरेका पानीका मुहान सडक र भूकम्पले भासिँदा सुकेपछि टाढाबाट पालो पर्खेर ल्याउनुपरेका कारण बालबालिकाको पढाइ छुट्ने गरेको बताउनुभयो । उहाँले गाउँबस्तीमा खानेपानीको समस्याका लागि स्थानीय सरकारले पहल गर्न आग्रह गर्नुभयो ।


चिसो मौसम पानी कम प्रयोग हुने समयमा कसरी जोहो गर्ने भन्ने चिन्ता छ । चैत वैशाखको गर्मी तथा सुख्खा खडेरीमा पशुचौपाया र मानिसका लागि पानी कहाँदेखि ल्याउने भन्ने लागेको छ । सरकारले वास्ता गर्दैन गाउँका सर्वसाधारण काकाकुल भएर बस्नुपर्ने अवस्था आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register