मालपोतका खरिदार र लेखनदास घुससहित पक्राउ

जनकपुरधााम । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखनदासलाई ३५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिब्छ महतोलाई अख्तियारको टोली सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गर्न सफल भएको हाे । अख्तियारका अनुसार सेवाग्राहीको पुरानो पुख्र्यौली जग्गाको ट्रायल चेक तथा नक्सा सुधार […]

Mar 13, 2025 - 05:05
 0
मालपोतका खरिदार र लेखनदास घुससहित पक्राउ

जनकपुरधााम । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखनदासलाई ३५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिब्छ महतोलाई अख्तियारको टोली सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गर्न सफल भएको हाे ।

अख्तियारका अनुसार सेवाग्राहीको पुरानो पुख्र्यौली जग्गाको ट्रायल चेक तथा नक्सा सुधार गरी नयाँ जग्गा कायम गरिसक्दा पनि उनीहरूले घुस मागेका थिए ।

रकम नदिएको खण्डमा जग्गाको नयाँ पुर्जा नबनाइदिने धम्की दिएपछि सेवाग्राहीले अख्तियारलाई जानकारी गराएका थिए । उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको अख्तियार कार्यालय, बर्दिवासले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register