वरिष्ठ संगीतकार किरण शाक्यलाई ज्ञानमाला भजन गाएर सम्झिए

 ललितपुर। वरिष्ठ संगीतकार समेत रहेका बौद्ध भजन शिरोमणि स्वर्गीय किरण शाक्यको संगीत रहेको ज्ञानमाला भजन गाएर उनको योगदानलाई सम्झिएको छ । त्रिरत्न ज्ञानमाला भजन संघले शनिबार स्थानीय ओकुबहालमा आयोजित बृहत तथा बौद्ध ज्ञानमाला भजनमा विभिन्न ज्ञानमाला भजन संघ र खलःले उनको संगीतले सुसज्जित १५ वटा गीत गाएका थिए । बुद्धको उपदेशमा आधारित र मानिसलाई ध्यान […]

Mar 15, 2025 - 10:16
 0
वरिष्ठ संगीतकार किरण शाक्यलाई ज्ञानमाला भजन गाएर सम्झिए

 ललितपुर।

वरिष्ठ संगीतकार समेत रहेका बौद्ध भजन शिरोमणि स्वर्गीय किरण शाक्यको संगीत रहेको ज्ञानमाला भजन गाएर उनको योगदानलाई सम्झिएको छ ।

त्रिरत्न ज्ञानमाला भजन संघले शनिबार स्थानीय ओकुबहालमा आयोजित बृहत तथा बौद्ध ज्ञानमाला भजनमा विभिन्न ज्ञानमाला भजन संघ र खलःले उनको संगीतले सुसज्जित १५ वटा गीत गाएका थिए । बुद्धको उपदेशमा आधारित र मानिसलाई ध्यान ज्ञान माध्यमबाट व्यवहार परिर्वतनमा जोड दिने भएकोले बौद्ध भजनलाई ज्ञानमाला भजनको नाउँले सम्बोधन गर्ने गरिएको छ ।

नेपाली गीतसंगीतसंगै ज्ञानमाला भजनमार्फत बुद्धधर्मको विस्तारमा झन्डै दशक भन्दा बढी सक्रिय रहेका स्वर्गीय शाक्यको योगदानलाई स्मरण गरिएको थियो।सो कार्यक्रम ललितपुर महानगरपालिका संस्कृति, उद्योग तथा पर्यटन समितिको सहयोगमा भएको थियो। 

स्वर्गीय शाक्यले नेपालमा मात्र नभई भारतका विभिन्न तीर्थस्थलमा गएर समेत ज्ञानमाला भजन प्रस्तुत गर्ने गर्दथे । उनको संगीत रहेको ज्ञानमाला भजनको संख्या ६० भन्दा बढी रहेको छ । शाक्यको ८७ वर्षको उमेरमा गत वर्ष चैत्रमा निधन भएको थियो।

समारोहको उद्घाटन गर्दै महानगरपालिकाका कार्यवाहक मेयर समेत रहेका उपमेयर मञ्जरी शाक्य (आस्था) ले ज्ञानमाला भजनकोे प्रर्वद्धनमा स्वर्गीय शाक्यको योगदान उल्लेखनीय रहेको बताइन् । 

ललितपुर महानगरपालिकाका वडा नं ६ का वडाअध्यक्ष रुपेन्द्रराज शाक्यले स्वर्गीय शाक्यको योगदानलाई चिरस्थायी र तथा गीत संगीत तथा ज्ञानमाला भजनमा लाग्ने नयाँ पुस्तालाई प्रेरणा दिन कार्यक्रम आयोजना गरिएको बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register