लुम्बिनीले दियो बागमतीलाई ११६ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ११६ रनको लक्ष्य दिएको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको लुम्बिनी ३२.४ ओभरमा ११५ रनमा अलआउट भएको हो । लुम्बिनीका लागि आकाश त्रिपाठीले ३३ रन बनाए । कप्तान देव खनाल र मनिष थापाले १५–१५ रन बनाए । अन्य खेलाडीले दोहोरो […]

Mar 16, 2025 - 06:08
 0
लुम्बिनीले दियो बागमतीलाई ११६ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ११६ रनको लक्ष्य दिएको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको लुम्बिनी ३२.४ ओभरमा ११५ रनमा अलआउट भएको हो ।

लुम्बिनीका लागि आकाश त्रिपाठीले ३३ रन बनाए । कप्तान देव खनाल र मनिष थापाले १५–१५ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।

बागमतीका लागि गौतम केसीले ४ विकेट लिए । सूर्य तामाङ र इशान पाण्डेले २–२ विकेट लिए । रिजन ढकालले भने १ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register