सन्दीप जोराको अर्धशतकमा आर्मीलाई एपीएफको सामान्य लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा एपीएफले आर्मीलाई १४२ रनको लक्ष्य दिएको छ । भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा जारी खेलमा एपीएफले ४२.३ ओभरमा अलआउट भएर १४१ रन बनाएको हो । एपीएफका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले । उनले ९१ बलमा ९ चौका प्रहार गर्दै ६५ रनको योगदान गरे । अमर रौतेला, किशोर महतो र भुवन […]

Mar 17, 2025 - 06:56
 0
सन्दीप जोराको अर्धशतकमा आर्मीलाई एपीएफको सामान्य लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा एपीएफले आर्मीलाई १४२ रनको लक्ष्य दिएको छ ।

भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा जारी खेलमा एपीएफले ४२.३ ओभरमा अलआउट भएर १४१ रन बनाएको हो ।

एपीएफका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले । उनले ९१ बलमा ९ चौका प्रहार गर्दै ६५ रनको योगदान गरे ।

अमर रौतेला, किशोर महतो र भुवन कार्कीले ११–११ रन बनाए ।

आर्मीका लागि आकाश चन्दले ४ विकेट लिए । सोमपाल कामीले ३, साहब आमलले २ तथा बसिर अहमदले १ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register