आगलागीबाट १९ घर जले, एक बालिकाको मृत्यु

मोरङ, ६ चैत । मोरङ धनपालथान गाउँपालिका–७ का अमित मियाँको घरमा बिधुत सर्ट भई आगलागि हुँदा घर भित्र रहेकी उनको ४ वर्षीया छोरी रेस्मा खातुनको जलेर मृत्यू भएको छ । चैत्र ५ गते दिउँसो साढे १२ बजे विधुत सर्टभई घरमा आगलागी भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल उद्धारका लागी मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव [...] The post आगलागीबाट १९ घर जले, एक बालिकाको मृत्यु appeared first on Jhapa Online.

Mar 19, 2025 - 10:15
 0
आगलागीबाट १९ घर जले, एक बालिकाको मृत्यु

मोरङ, ६ चैत । मोरङ धनपालथान गाउँपालिका–७ का अमित मियाँको घरमा बिधुत सर्ट भई आगलागि हुँदा घर भित्र रहेकी उनको ४ वर्षीया छोरी रेस्मा खातुनको जलेर मृत्यू भएको छ ।

चैत्र ५ गते दिउँसो साढे १२ बजे विधुत सर्टभई घरमा आगलागी भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल उद्धारका लागी मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया सहितको प्रहरी टोली खटी स्थानियबासी र ५ वटा दमकलको सहयोगमा पौने २ बजे आगो नियन्त्रण गरेको थियो । आगलागीबाट नजिकमा रहेका १३ घर परिवारको फुसको १६ वटा घर, भान्सा घर ३ र गोठ २ वटा जली नष्ट भएको थियो ।

यसैगरी दिउँसो पौने ३ बजे उदयपुर चौदण्डीगढी नगरपालिका(७ का शरण कुमार राईको घरमा बिधुत सट भई आगलागी हुदाँ नजिकमा रहेको सर्वधन राई र कालुमान राईको घर समेतमा आगलागो फैलिई पुर्णरुपमा जली नष्ट भएको, सोही घर नजिक रहेको ४ वटा घर आंसिक क्षेति हुँदा करिव १ करोड २२ लाख बराबरको क्षति भएको छ । उक्त आगो इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले स्थानियबासी र ३ वटा दमकलको सहयोगमा साँझ ५ बजे पुर्णरुपमा नियन्त्रणमा लिएको थियो ।

अधिकांस आगलागीका घटनाहरु मानवीय त्रुटीका कारणबाट नै हुने गर्दछन, जसको रोकथाम तथा न्यूनिकरण गर्न हामी सवै सचेत हुन जरुरी रहेको छ । आफ्ना बालबालिकाहरुलाई जथाभावी सलाई, लाईटर खेलाउन नदिने, खाना पकाई सकेपछि आगो राम्ररी निभाउने, ग्याँस सिलिण्डरको प्रयोगमा सावधानी अपनाउने, चुरोट विँढीको ठुटो जथाभावी नफाल्ने, वन जंगलमा आगो लगाउँदा घाँस छिटो आउँछ भन्ने अभिप्रायले डढेलो नलगाउने, बन भोज पछि होसियारी पूर्वक आगो निभाउने, घरमा बिद्युत सट हुन नदिन गुणस्तरिय सामग्री प्रयोग गरी वाईरिङ गर्ने, गाईगोठमा मच्छड धपाउन आगो नवाल्ने, आगो लगायत प्रज्वलनशिल पदार्थको प्रयोगमा सावधानी अपनाउने हो भने गाउँ बस्ती र शहरहरुमा हुने आगलागीको घटनाबाट सुरक्षित रहन सकिन्छ ।

The post आगलागीबाट १९ घर जले, एक बालिकाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register