ट्रम्पसँगको फोनवार्तापछि जेलेन्स्कीले भने : कुराकानी खुला र धेरै गहन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग लामो फोन वार्ता गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि उनले जेलेन्स्कीसँग कुराकानी गरेको बीबीसीको समाचारमा उल्लेख छ । यो वार्ताको उद्देश्य युक्रेन र रुसलाई ‘उनीहरूको अनुरोध र आवश्यकताअनुसार’ एकसाथ ल्याउनु रहेको ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमार्फत जनाएका छन् । ‘वार्ताको […]

Mar 20, 2025 - 05:03
 0
ट्रम्पसँगको फोनवार्तापछि जेलेन्स्कीले भने : कुराकानी खुला र धेरै गहन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग लामो फोन वार्ता गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि उनले जेलेन्स्कीसँग कुराकानी गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

यो वार्ताको उद्देश्य युक्रेन र रुसलाई ‘उनीहरूको अनुरोध र आवश्यकताअनुसार’ एकसाथ ल्याउनु रहेको ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमार्फत जनाएका छन् ।

‘वार्ताको उद्देश्य युक्रेन र रुसलाई उनीहरूको अनुरोध र आवश्यकताअनुसार एकसाथ ल्याउनु हो,’ उनले लेखेका छन् । साथै ट्रम्पले युद्धविराम प्रयासहरू सही दिशामा अघि बढिरहेको पनि बताएका छन् ।

जेलेन्स्कीले पनि ट्रम्पसँगको आफ्नो कुराकानीलाई ’सकारात्मक’, ’खुला’ र ’धेरै गहन’ भनेर वर्णन गरेका छन् ।

‘यस वर्ष संयुक्त राज्य अमेरिका र राष्ट्रपति ट्रम्पसँग दिगो शान्ति प्राप्त गर्न सकिन्छ भन्ने हामी विश्वास गर्छौं,’ उनले एक्समा लेखेका छन् ।

बुधबार एक अनलाइन ब्रिफिङमा जेलेन्स्कीले आफू र ट्रम्पले रुसी कब्जामा रहेको जापोरिज्जिया पावर प्लान्टको सम्भावित अमेरिकी स्वामित्वका बारेमा छलफल गरेको जानकारी दिएका थिए ।

यदि रुसले युद्धविरामका सर्तहरू उल्लङ्घन गरेमा युक्रेनले बदला लिने पनि जेलेन्स्कीले चेतावनी दिए ।

‘मलाई लाग्छ जबसम्म हामी रुससँग सहमत हुँदैनौं, आङ्शिक युद्धविरामको दस्तावेज पनि हुँदैन । मलाई लाग्छ सबै कुरा जारी रहनेछ,’ उनले ड्रोन र मिसाइलहरूको सन्दर्भमा भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register