छत्तीसगढ : मुठभेडमा २२ संदिग्ध माओवादी मारिएको दाबी
काठमाडौं । भारतका गृहमन्त्री अमित शाहले आफ्नो एक्स अकाउन्टबाट छत्तीसगढको बिजापुर र कांकेरमा सुरक्षा बल र माओवादीबीच भएको मुठभेडमा २२ संदिग्ध माओवादीहरू मारिएको दाबी गरेका छन् । उनले लेखेका छन्, “आज हाम्रा सैनिकहरूले नक्सलमुक्त भारत अभियानको दिशामा अर्को ठूलो सफलता हासिल गरेका छन् । छत्तीसगढको बिजापुर र काङ्केरमा हाम्रा सुरक्षा बलका दुई छुट्टाछुट्टै कारबाहीमा २२ […]

काठमाडौं । भारतका गृहमन्त्री अमित शाहले आफ्नो एक्स अकाउन्टबाट छत्तीसगढको बिजापुर र कांकेरमा सुरक्षा बल र माओवादीबीच भएको मुठभेडमा २२ संदिग्ध माओवादीहरू मारिएको दाबी गरेका छन् ।
उनले लेखेका छन्, “आज हाम्रा सैनिकहरूले नक्सलमुक्त भारत अभियानको दिशामा अर्को ठूलो सफलता हासिल गरेका छन् । छत्तीसगढको बिजापुर र काङ्केरमा हाम्रा सुरक्षा बलका दुई छुट्टाछुट्टै कारबाहीमा २२ नक्सली मारिएका छन् ।”
उनले यो पनि लेखे कि मोदी सरकारले आत्मसमर्पण नगर्ने नक्सलवादीहरू विरुद्ध शून्य सहनशीलताको नीति अपनाएको छ ।
गृहमन्त्री शाहले अर्को वर्ष मार्च ३१ अघि देश नक्सलमुक्त हुने दाबी गरे ।
उक्त भिडन्तमा जिल्ला रिजर्भ गार्डका एक जवानको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । बस्तरका प्रहरी महानिरीक्षक सुन्दरराज पीकाअनुसार अहिलेसम्म १८ जना माओवादीको शव भेटिएको छ ।
जनवरीदेखि अहिलेसम्म बस्तरमा ७२ माओवादी मारिएका छन् । प्रहरीले मारिएका माओवादीको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ ।
बस्तर प्रहरीले एक विज्ञप्तिमा भनेको छ, “सुरक्षा बलको संयुक्त टोली बिजापुर र दन्तेवाडाको सीमानामा रहेको थाना गङ्गलुर क्षेत्रमा गएको थियो, जहाँ आज बिहान माओवादीहरूसँग मुठभेड सुरु भएको थियो ।”
भिडन्त स्थलबाट ठूलो मात्रामा हतियार र गोला बारुद पनि बरामद गरिएको छ ।
What's Your Reaction?






