देशलाई बरबाद हुनबाट जोगाउन व्यवस्था परिवर्तन गर्नु आवश्यक : लिङदेन

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई बरबाद हुनबाट जोगाउन मुलुकमा रहेको वर्तमान व्यवस्था परिवर्तन गर्नु आवश्यक रहेको बताएका छन् । राप्रपाले जनकपुरधाममा आयोजना गरेको बिरो सभामा बोल्दै लिङदेनले वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प अहिले नै नखोजिए मुलुक बरबाद हुने बताउँदै उनले देशमा व्यवस्था परिवर्तनको खाँचो रहेको बताए । लिङदेनले देशलाई […]

Mar 22, 2025 - 13:52
 0
देशलाई बरबाद हुनबाट जोगाउन व्यवस्था परिवर्तन गर्नु आवश्यक : लिङदेन

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई बरबाद हुनबाट जोगाउन मुलुकमा रहेको वर्तमान व्यवस्था परिवर्तन गर्नु आवश्यक रहेको बताएका छन् ।

राप्रपाले जनकपुरधाममा आयोजना गरेको बिरो सभामा बोल्दै लिङदेनले वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प अहिले नै नखोजिए मुलुक बरबाद हुने बताउँदै उनले देशमा व्यवस्था परिवर्तनको खाँचो रहेको बताए ।

लिङदेनले देशलाई बरबादीबाट जोगाउन अभिभावकीय रूपमा राजालाई राखेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था मात्रै नेपालका लागि उत्तम व्यवस्था हुने बताए । उनले भने, ‘यसका साथै संसद्मा समेत पूर्ण समानुपातिक व्यवस्था राखेर सांसदहरूलाई मन्त्री नहुने व्यवस्था लागू गर्नुपर्छ ।’

सांसदलाई मन्त्री नबनाएर ऐन कानून बनाउने मात्रै जिम्मा दिइए देशमा भ्रष्टाचार पनि कम हुँदै जाने उनले दाबी गरे। देशमा महँगी अकासिएको छ, भ्रष्टाचार बढेको बढ्यै छ,’ लिङदेनले भने,  ‘राजतन्त्र सहित प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा सङ्घीय व्यवस्था हटाए भ्रष्टाचार आफै निर्मूल भएर जानेछ ।’

लिङदेनले कांग्रेस, एमाले, माओवादी तथा मधेशवादी दलका नेताहरूले नेपाली जनताको मतको दुरुपयोग गरेको आरोप समेत लगाए । लिङदेनले भने , ‘म आज जनकपुरधाममा छु, यो भूमि हिन्दू धर्मावलम्बीहरूका लागि पवित्र भूमि, यहाँका स्थानीयमा हिन्दू धर्मप्रति आस्था छ ।

तर, तपाईँहरूकै मत लिएर यी राजनीतिक दलहरू तपाईँकै धर्म विरुद्ध लागेका छन्,’ उनले भने, ‘कांग्रेस, एमाले, माओवादी तथा मधेसवादी दलहरूले तपाईँको मतको प्रयोग तपाईं कै धर्मविरुद्ध गरिरहेका छन् ।’

एक अर्को प्रसंगमा लिङदेनले भने ‘मधेसलाई यसअघि लाग्या होला सबै बिमारीको औषधी यो सङ्घीयता नै हो । तर, होइन रहेछ । यो भ्रम हो । अब मधेसी जनताले पनि बुझिरहेका छन् ।’
उनले सङ्घीयता देशको अर्थतन्त्रलाई कमजोर पार्ने, नेपाली नेपालीबीच विभाजनको फाटो हाल्ने अस्त्र रहेको आरोप लगाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register