कनकाईमा दिइयो महिलालाई साबुन र सरफ बनाउने तालिम

चन्द्र बस्नेतकनकाई, ९ चैत । कनकाई वडा नं. १ र ७ मा कार्यक्षेत्र रहेको बिहानी महिला समूहको आयोजनामा दुई दिवसीय साबुन तथा सरफ बनाउने तालीम सम्पन्न भएको छ। कनकाई नगरपालिका वडा नं. १ स्थित कनकाई बिहानी क्लबको सभाहलमा ‘सामाजिक एकता हाम्रो प्रतिबद्धतासहित सीप सिकौं अर्थोपार्जन गरौं’ भन्ने मुल नाराका साथ समूहको आयोजना तथा नगरपालिकाको आर्थिक [...] The post कनकाईमा दिइयो महिलालाई साबुन र सरफ बनाउने तालिम appeared first on Jhapa Online.

Mar 22, 2025 - 15:35
 0
कनकाईमा दिइयो महिलालाई साबुन र सरफ बनाउने तालिम

चन्द्र बस्नेत
कनकाई, ९ चैत ।
कनकाई वडा नं. १ र ७ मा कार्यक्षेत्र रहेको बिहानी महिला समूहको आयोजनामा दुई दिवसीय साबुन तथा सरफ बनाउने तालीम सम्पन्न भएको छ।

कनकाई नगरपालिका वडा नं. १ स्थित कनकाई बिहानी क्लबको सभाहलमा ‘सामाजिक एकता हाम्रो प्रतिबद्धतासहित सीप सिकौं अर्थोपार्जन गरौं’ भन्ने मुल नाराका साथ समूहको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा दुई दिवसीय साबुन तथा सरफ बनाउने तालीम आज सम्पन्न भएको हो ।

समूहकी अध्यक्ष इन्दिरा भुजेल (मञ्जु) को सभापतित्वमा भएको तालीमको समापन कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख आशा शर्मा शिवाकोटी रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सिकेको सीपलाई सदुपयोग गरेर आत्मनिर्भृर बन्न आग्रह गर्नुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथि कनकाई वडा नं. २ का अध्यक्ष बलराम राई (प्रताव) ले तालिम सानो नभई ठूलो हो र तालीमले आफूसहित पारिवारिक जीवन चलायमान बनाउन मद्दत मिल्ने बताउनुभयो । यस्ता तालिम लिएर आफैंले रोजगारमूलक काम गरे अर्थोपार्जनको बाटो खुल्ने बताउनुभयो ।

कनकाई बिहानी क्लबको सभाहलमा नगरका वडा नं. १, २, ६ र ७ का महिला दिदिबहिनीलाई सहभागी गराई दुई दिवसीय साबुन तथा सरफ बनाउने तालीम सम्पन्न भएको हो । तालिमामा वडा न २, ६, ७ बाट ४–४ जनाको सहभागिता रहेको थियो भने वडा नं. १ बाट नौ वटा टोलका २–२ जनाका दरले १८ जना, आयोजक बिहानी महिला समूहका ११ जना र अन्य १५ जना गरी ५५ जनाको सहभागिता रहेको आयोजक महिला समूहकी कोषाध्यक्ष तुलसा थापाले जानकारी दिनुभयो ।

दुई दिवसीय तालिमको मुख्य प्रशिक्षकमा रुद्र भट्टराई र सीता बानियाँ र सहायक प्रशिक्षकमा पुजन बास्तोला र सुस्मा भट्टराई रहनुभएको थियो । तालीम समापनकै अवसरमा सिकेको सीप कसरी प्रयोग गर्ने उत्पादन भएका सामग्रीलाई बजारीकरण कसरी गर्ने भन्ने लगायतको एउटा सेसन समेत कनकाई बिहानी क्लबकी सचिव निर्मला बस्नेतले गर्नुभएको थियो ।

तालिम प्राप्त गर्ने अवसर उपलब्ध गराएकोमा आयोजक बिहानी महिला समूहसहित नगरपालिकालाई धन्यवाद दिँदै प्रशिकक्षार्थी बिष्णु कोइराला, दिपा चापागाईं (बाँस्कोटा) रिता मिश्र लगायतले आगामी दिनमा समेत यस्ता अवसर प्रदान गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा वडा सदस्य दलबहादुर थापा, निर्मला खड्का, कनकाई बिहानी क्लब अध्यक्ष लोकनाथ उप्रेती, वडा नं. १ स्थित टोल न ३ का टोल संयोजक चुडामणिा ढकाल वडाका टोल संयोजक, महिला समूहका अध्यक्ष तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

आयोजक संस्था बिहानी महिला समूहकी कोषाध्यक्ष तुलसा थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन आयोजक संस्था बिहानी महिला समूहकी सचिव सुरेखा शर्मा कार्कीले गर्नुभएको थियो ।

The post कनकाईमा दिइयो महिलालाई साबुन र सरफ बनाउने तालिम appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register