‘भ्रष्टाचार र कमिसनमा सम्झौता गर्दा हवाई यात्रा असुरक्षित भयो’ 

काठमाडौँ । एकीकृत समाजवादीका नेता झलनाथ खनालले भ्रष्टाचार र कमिसनमा सम्झौता गर्दा नेपालको हवाई क्षेत्र असुरक्षित भएको बताएका छन् । काठमाडौँमा आयोजित ‘नेपालमा हवाई यात्रा कति सुरक्षित ?’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले हवाई यात्रालाई सुरक्षित गर्ने विषयमा सरकारले गम्भीरतापूर्वक कदमहरु नचालेकै कारण हवाई यात्रा सुरक्षित हुन नसकेको बताएका छन् ।  ‘हवाई […]

Mar 23, 2025 - 02:58
 0
‘भ्रष्टाचार र कमिसनमा सम्झौता गर्दा हवाई यात्रा असुरक्षित भयो’ 

काठमाडौँ । एकीकृत समाजवादीका नेता झलनाथ खनालले भ्रष्टाचार र कमिसनमा सम्झौता गर्दा नेपालको हवाई क्षेत्र असुरक्षित भएको बताएका छन् । काठमाडौँमा आयोजित ‘नेपालमा हवाई यात्रा कति सुरक्षित ?’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले हवाई यात्रालाई सुरक्षित गर्ने विषयमा सरकारले गम्भीरतापूर्वक कदमहरु नचालेकै कारण हवाई यात्रा सुरक्षित हुन नसकेको बताएका छन् । 

‘हवाई यातायातको विकास भएको लामो समय भएको छैन । तर पनि यो अवधीमा हवाई यातायातलाई जुन तरिकाले सुरक्षित गर्नुपर्ने थियो, त्यो सुरक्षित गर्ने कुराहरुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डहरु, ऐन, कानूनहरु पालना भएका छैनन् ।’, उनले भने, ‘भ्रष्टाचार र गलत प्रवृत्तिसँग सधैँ सम्झौता गर्ने प्रवृत्ति सरकार भित्रै छ । सोही कारणले हवाई यातायात सुरक्षित हुन सकेको छैन् ।’

त्यस्तै, उनले नेपालको शासन सत्तामा दलाल पुँजीपति वर्गभित्र दलालीहरुले मात्रै भएको पनि उल्लेख गरेका छन् । यही कारण देशमा विकृति र विसंगती बढ्दै गएको नेता खनालको भनाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register