ई-गभर्नेन्स ब्लुप्रिन्टमा डिजिटल समावेशिता सुनिश्चित गर्न नागरिक समाजको माग (विश्लेषणपत्र सहित)
काठमाडौं । डिजिटल राइट्स तथा सुशासनमा कार्यरत नागरिक समाज संस्थाले ई-गभर्नेन्स ब्लुप्रिन्टमा डिजिटल समावेशिता र नागरिक समाजको सहभागिता सुनिश्चित गर्न सुझाव दिएका छन् । नेपाल सरकारले हालै सार्वजनिक गरेको ई-गभर्नेन्स ब्लुप्रिन्टका सम्बन्धमा सुझाव उपलब्ध गराउँदै उनीहरूले यस्तो माग अघि सारेका हुन् । सुझावसहितको विश्लेषण पत्रमा ब्लुप्रिन्ट मस्यौदामा सुधार गरिनुपर्ने तथा समेटिनुपर्ने विभिन्न विषयहरू पनि पहिचान गरिएका छन् । मस्यौदामा नेपालमा ई-गभर्नेन्सको हालको अवस्था, सबल तथा दुर्बल पक्षको आवश्यक विश्लेषण हुन नसकेको बताइएको छ । ...

What's Your Reaction?






