कुलमान हटाएको विरोधमा काठमाडौंमा प्रदर्शन, ऊर्जामन्त्रीको पुत्ला दहन (तस्वीरहरू)

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूको नेतृत्वमा मङ्गलबार बिहान भृकुटीमण्डपमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले घिसिङको पक्षमा नारा लगाउँदै ऊर्जामन्त्री दीपक खड्काको पुत्लासमेत दहन गरेका छन् । सरकारले सोमबार प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी तोकेको छ । यसको […]

Mar 25, 2025 - 04:53
 0
कुलमान हटाएको विरोधमा काठमाडौंमा प्रदर्शन, ऊर्जामन्त्रीको पुत्ला दहन (तस्वीरहरू)

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूको नेतृत्वमा मङ्गलबार बिहान भृकुटीमण्डपमा प्रदर्शन भएको हो ।

प्रदर्शनकारीले घिसिङको पक्षमा नारा लगाउँदै ऊर्जामन्त्री दीपक खड्काको पुत्लासमेत दहन गरेका छन् ।

सरकारले सोमबार प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी तोकेको छ । यसको सर्वत्र विरोध भइरहेको छ ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register