कवाड व्यवसायीले भेटे प्रचण्ड, महानगरको अवरोध हटाइदिन माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कवाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपर्नेमा जोड दिएका छन् । कवाड सङ्कलन तथा व्यवसायसँग सम्बन्धित माग राखेर आन्दोलनरत कवाड व्यवसायी सङ्घर्ष समितिका प्रतिनिधिसँगको भेटमा प्रचण्डले समस्या समाधानका लागि सहमतिमा जानुपर्नेमा जोड दिएका हुन् । “कवाड व्यवसायीहरूका मागमा आपसी छलफल गरेर एउटा समझदारीमा […]

Mar 25, 2025 - 06:20
 0
कवाड व्यवसायीले भेटे प्रचण्ड, महानगरको अवरोध हटाइदिन माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कवाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपर्नेमा जोड दिएका छन् ।

कवाड सङ्कलन तथा व्यवसायसँग सम्बन्धित माग राखेर आन्दोलनरत कवाड व्यवसायी सङ्घर्ष समितिका प्रतिनिधिसँगको भेटमा प्रचण्डले समस्या समाधानका लागि सहमतिमा जानुपर्नेमा जोड दिएका हुन् ।

“कवाड व्यवसायीहरूका मागमा आपसी छलफल गरेर एउटा समझदारीमा पुगेर व्यवसाय गर्ने सहज वातावरण बनाउनु जरूरी छ,” उनले भने, “सङ्कलन गर्ने मजदूर तथा व्यवसायीलाई दु:ख दिएर समस्या हल हुँदैन।”

भेटका क्रममा प्रचण्डले कवाड व्यवसायको उचित व्यवस्थापनका विषयमा महानगर नेतृत्वसँग समेत छलफल गरेर सकारात्मक वातापरण निर्माणका लागि पहल गर्ने समेत बताए।

कवाड सङ्कलक तथा व्यवसायका क्रममा काठमाडौं महानगरपालिकाले अवरोध सृजना गरेका कारण व्यवसायी पीडित र विस्थापित हुन पुगेको भन्दै कवाड व्यवसायी सङ्घर्ष समितिले प्रचण्डलाई पहल गरिदिन आग्रह गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register