रास्वपाले भन्यो – सरकारले विचौलियाको संरक्षण गर्दै कुलमानलाई कारबाही गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको विरोध गरेको छ । विज्ञप्ति जारी गर्दै रास्वपाले सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र विचौलियाहरुको संरक्षणको श्रृङ्खलाअन्तर्गत नै घिसिङमाथि कारबाही गरिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “संविधानले नचिन्ने दुई दलीय संयन्त्रसमेतको सम्मतिमा गरिएका यस्ता जनविरोधी कदमहरुबाट देशमा केही गरौं […]

Mar 25, 2025 - 11:56
 0
रास्वपाले भन्यो – सरकारले विचौलियाको संरक्षण गर्दै कुलमानलाई कारबाही गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको विरोध गरेको छ ।

विज्ञप्ति जारी गर्दै रास्वपाले सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र विचौलियाहरुको संरक्षणको श्रृङ्खलाअन्तर्गत नै घिसिङमाथि कारबाही गरिएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “संविधानले नचिन्ने दुई दलीय संयन्त्रसमेतको सम्मतिमा गरिएका यस्ता जनविरोधी कदमहरुबाट देशमा केही गरौं भन्ने आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ । आज नेपाली जनतामा व्याप्त रोष र नैराश्यताका कारक प्रमुख दलहरु र तिनका कहिल्यै नफेरिने पात्रहरुको संलग्नतामा सञ्चालन हुँदै आएको चरम कुशासनको अविछिन्नता नै हो ।”

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको थियो, जसको चौतर्फी आलोचना भइरहेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register