कालिकोटको मान्मादेखि मुगुको गमगढीसम्म अप्टिकल फाइबर विस्तार
काठमाडौं । नेपाल टेलिकमले कालिकोटको सदरमुकाम मान्मदेखि जुम्लाहुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलो पटक एडीएसएस (All-dielectric self-supporting) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी सूचना महामार्ग सञ्चालनमा ल्याएको छ । देशका दुर्गम क्षेत्रहरूमा समेत सर्वसुलभ रुपमा दूरसञ्चार सेवा विस्तार गर्न र स्तरोन्नति गर्ने योजना अनुरूप सूचना महामार्ग विस्तार गरिएको कम्पनीले जनाएको छ । योसँगै कालिकोट, जुम्ला, मुगु लगायतका क्षेत्रहरूमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर र क्षमता वृद्धि भएको कम्पनीले उल्लेख गरेको छ । साथै,...

What's Your Reaction?






