मटेलामा पुग्यो सडक, सशस्त्रलाई सहज

बैतडी । नेपाल–भारत सीमा क्षेत्र शिवनाथ गाउँपालिका–१ मटेला पहिलोपटक सडक सञ्जालले जोडिएको छ । सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)लाई लक्षित गर्दै सडक निर्माण गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए । सुल्लेखान–शर्माली–नगरौघाट सडकअन्तर्गत पर्ने सिमल चौतारीबाट सशस्त्र प्रहरी बल नेपालको बीओपीसम्म एक हजार एक सय मिटर कच्ची सडक निर्माण गरिएको छ । […]

Mar 28, 2025 - 01:30
 0
मटेलामा पुग्यो सडक, सशस्त्रलाई सहज

बैतडी । नेपाल–भारत सीमा क्षेत्र शिवनाथ गाउँपालिका–१ मटेला पहिलोपटक सडक सञ्जालले जोडिएको छ । सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)लाई लक्षित गर्दै सडक निर्माण गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए ।

सुल्लेखान–शर्माली–नगरौघाट सडकअन्तर्गत पर्ने सिमल चौतारीबाट सशस्त्र प्रहरी बल नेपालको बीओपीसम्म एक हजार एक सय मिटर कच्ची सडक निर्माण गरिएको छ । उनले भने, ‘सशस्त्रको बीओपीसम्म सडक पूर्वाधारको पहुँच पुर्याउन सडक निर्माण गरिएको हो । यसले अन्य गाउँका बासिन्दालाई पनि सहज हुनेछ ।’

सङ्घीय समपूरक अनुदान कार्यक्रममार्फत सडक निर्माणको ठेक्का सम्झौता गरिएको हो । शिवनाथ गाउँपालिका र सङ्घीय सरकारको लगानीमा सडक निर्माणको ठेक्का सम्झौता भएको गाउँपालिकाले जनाएको छ । आधा बजेट गाउँपालिकाको र आधा सङ्घीय सरकारमार्फत गरेर एक करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो ।

बीओपीसम्म सडक सञ्जाल पुगेसँगै सशस्त्र प्रहरीलाई पनि सहज भएको छ । सडक नहुँदा खाद्यान्नलगायत सामग्री सिमल चौतारीबाट बोकेरै ल्याउने गरेकामा अब भने सहज भएको बिओपीका प्रमुख, सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाशजैशी ढकालले बताए ।

चालु आर्थिक वर्षमा गरिएको ठेक्का सम्झौतामा सुर्नयागाड, रत्याल, जोलापानी, पौँखर, बगार, दुबला, स्वाल, गाउँसल्ला हुँदै कुस्माउतघाटलगायत ठाउँमा रोड निर्माण गर्ने गाउँपालिकाले योजना बनाएको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register