आईपीएलमा पञ्जाको दोस्रो जित

झापा, २० चैत । लखनउ सुपर जायन्टलाई ८ विकेटले पराजित गर्दै पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित निकालेको छ।मंगलबार भएको खेलमा लखनउले दिएको १७२ रनको लक्ष्य पञ्जावले १६.२ ओभरमा २ विकेटको क्षतिमा भेटायो। पञ्जावको जितमा प्रभसिमरन सिंहले सर्वाधिक ६९ रनको योगदान दिए। उनी ३४ बलमा ९ चौका र ३ छक्का प्रहार [...] The post आईपीएलमा पञ्जाको दोस्रो जित appeared first on Jhapa Online.

Apr 2, 2025 - 00:03
 0
आईपीएलमा पञ्जाको दोस्रो जित

झापा, २० चैत । लखनउ सुपर जायन्टलाई ८ विकेटले पराजित गर्दै पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित निकालेको छ।
मंगलबार भएको खेलमा लखनउले दिएको १७२ रनको लक्ष्य पञ्जावले १६.२ ओभरमा २ विकेटको क्षतिमा भेटायो।

पञ्जावको जितमा प्रभसिमरन सिंहले सर्वाधिक ६९ रनको योगदान दिए। उनी ३४ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दा क्याच आउट हुन पुगे। कप्तान श्रेयस ऐयर ५२ र नेहाल वाडेरा ४३ रनमा अविजित रहे। कप्तान ऐयरले ३० बलमा ३ छक्का र ४ चौका हाने। नेहालले २५ बलमा ३ चौका र ४ चौका प्रहार गरे। प्रियास आर्या ८ रनमा क्याच आउट हुन पुगे।

त्यसअघि लखनउमा पञ्जावले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रनको योगफल तयार पारेको थियो। निकोलस पुरनले सर्वाधिक ४४ रन थपे। आयुष बाडोनीले ४१ र अब्दुल समादले २७ रन थपे।

ओपनर एडेन मक्रम २८ रन बनाउँदा क्याच आउट हुन पुगे। पञ्जावका लागि अर्षदिप सिंहले ३ विकेट लिए। लोकी फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को जानसेन र युजभेन्द्र चाहालले समान एक विकेट लिए। जितसँगै पञ्जाव किंग्स अंक् तालिकाको दोस्रो स्थानमा उक्लेको छ।

समान २ खेलमा जित निकालेका रोयल च्यालेन्जर्स बैग्लुरु, पञ्जाव र देल्ली क्यापिटल्स शीर्ष, दोस्रो र तेस्रो स्थानमा छन् । लिगका ३ खेल मध्य दुई खेलमा हार र १ खेलमा पराजित लखनउ अंक तालिकाको छैटौँ स्थानमा छ। आईपीएलमा बुधबार रोयल च्यालेन्जसै बैंग्लुरु र गुजरात टाइटन्स भिड्नेछन्।

The post आईपीएलमा पञ्जाको दोस्रो जित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register