जडीबुटी कम्पनीमा २८ करोड क्षति, शाखाबाट नियमित सञ्चो उत्पादन गर्ने योजना

काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले गत शुक्रबार राजावादी समर्थकको आगजनी र तोडफोडबाट करिब २८ करोड बराबरको क्षति भएको जनाएको छ । चैत १५ गते भएको आगजनी र तोडफोडबाट सञ्चो उत्पादन गर्ने भवन, ल्याब पूर्णरुपमा क्षति भएको र करिब २८ करोड बराबरको क्षति भएको कम्पनीको प्रारम्भिक अनुमान छ । कम्पनीकी महाप्रबन्धक सङ्गीता यादवले […]

Apr 2, 2025 - 08:24
 0
जडीबुटी कम्पनीमा २८ करोड क्षति, शाखाबाट नियमित सञ्चो उत्पादन गर्ने योजना

काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले गत शुक्रबार राजावादी समर्थकको आगजनी र तोडफोडबाट करिब २८ करोड बराबरको क्षति भएको जनाएको छ ।

चैत १५ गते भएको आगजनी र तोडफोडबाट सञ्चो उत्पादन गर्ने भवन, ल्याब पूर्णरुपमा क्षति भएको र करिब २८ करोड बराबरको क्षति भएको कम्पनीको प्रारम्भिक अनुमान छ ।

कम्पनीकी महाप्रबन्धक सङ्गीता यादवले क्षतिको विस्तृत अध्ययन गर्न बाँकी रहेको जानकारी दिइन् ।

आगजनी र तोडफोडका कारण केहीदिन उत्पादन कम हुनसक्ने भन्दै कम्पनीका अन्य शाखाहरुबाट नियमित रुपमा सञ्चो उत्पादन गर्ने योजना बनाएको उल्लेख गरिन् । आगजनीका कारण सबै जलेर खरानी भएको भन्दै सरकारलगायत सबैको सहयोगमा अझै शक्तिशाली भएर उठ्ने उनको भनाइ छ ।

२०३८ सालमा स्थापित नेपाल सरकारको स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड निरन्तर शाखा विस्तारमा समेत केन्द्रित रहेको थियो । आगजनी र तोडफोडका कारण शाखा विस्तारको काम केही समयलाई रोकिने महाप्रबन्धक यादवले बताइन् । त्यस्तै, कम्पनीले सञ्चो मह र सञ्चो टिमुर ल्याउने तयारीसमेत गरेको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register