नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा अग्नि पिडितहरुलाई राहत वितरण

विराटनगर, २० चैत्र । सुनसरीको हरिनगर गाउँपालिका–५ स्थितका १२ घर अग्नि पिडित परिवारहरुलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा राहत वितरण गरिएको छ । चैत्र १९ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती सुस्मिता के.सी., जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी [...] The post नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा अग्नि पिडितहरुलाई राहत वितरण appeared first on Jhapa Online.

Apr 2, 2025 - 09:27
 0
नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा अग्नि पिडितहरुलाई राहत वितरण

विराटनगर, २० चैत्र । सुनसरीको हरिनगर गाउँपालिका–५ स्थितका १२ घर अग्नि पिडित परिवारहरुलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा राहत वितरण गरिएको छ ।

चैत्र १९ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती सुस्मिता के.सी., जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना तथा हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीको विशेष आतिथ्यतामा १२ घर अग्नि पिडित परिवारका प्रत्येक घर परिवारका सदस्यहरुलाई ओढ्ने ब्लाङ्केट, म्याट, त्रिपाल, चामल, दाल लगायत खाद्यान्नका सामग्री वितरण गरिएको हो ।

राहत वितरणको क्रममा प्रदेश प्रहरी प्रमुख अधिकारीले विपदको समयमा पिडित परिवारलाई आईपरेका समस्यामा प्रहरीको साथ र सहयोगको लागी राहत लिएर उपस्थित भएको बताउनु हुँदै नागरिकहरुमा आई पर्ने जुनसुकै विपत्तिमा प्रहरीको सदैव साथ र सहयोग रहने विश्वास व्यक्त गर्नु भयो । आगलागी भएको स्थानमा प्रदेश प्रहरी प्रमुख अधिकारी, श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष के.सी. लगायतका महानुभवरुले स्थलगत अवलोकन समेत गर्नु भएको थियो ।

आगलागी पीडित परिवारलाई राहत सामग्री प्रदान गरेर नेपाल प्रहरी श्रीमति संघ कोशी प्रदेशले ठूलो सहयोग गरेको भन्दै गाउँपालिकाका अध्यक्ष गफार अंसारीले आभार प्रकट गर्नु भएको थियो । राहत वितरण कार्यक्रममा नेपाल प्रहरी श्रीमतीसंघ कोशी प्रदेशका पदाधिकारी तथा स्थानियबासीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

चैत्र १८ गते भएको आगलागीबाट १२ घर परिवारका घर तथा गोठहरु जलेर नष्ट भएको थियो ।

The post नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा अग्नि पिडितहरुलाई राहत वितरण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register