प्रधानमन्त्री ओलीले दिए थाई समकक्षी शिनावात्रालाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाई समकक्षी पेथोङ्थान् शिनावात्रालाई नेपाल भ्रमणको निमन्त्रण दिएका छन् । थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीले थाई सकमक्षी  शिनावात्रासँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस विषयमा जानकारी गराएका हुन् । ओलीले थाई प्रधानमन्त्री शिनावात्राको छिट्टै नेपाल भ्रमण हुने विश्वाससमेत व्यक्त गरे । संयुक्त पत्रकार सम्मेलनमा ओलीले आफ्नो […]

Apr 2, 2025 - 09:53
 0
प्रधानमन्त्री ओलीले दिए थाई समकक्षी शिनावात्रालाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाई समकक्षी पेथोङ्थान् शिनावात्रालाई नेपाल भ्रमणको निमन्त्रण दिएका छन् ।

थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीले थाई सकमक्षी  शिनावात्रासँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस विषयमा जानकारी गराएका हुन् । ओलीले थाई प्रधानमन्त्री शिनावात्राको छिट्टै नेपाल भ्रमण हुने विश्वाससमेत व्यक्त गरे ।

संयुक्त पत्रकार सम्मेलनमा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताए ।

भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

उनले नेपाल र थाइल्याण्डबीच ६५ वर्षदेखि रहेको कूटनीतिक सम्बन्ध र जनता–जनताबीचको सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा आफूहरुबीच छलफल भएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा होटल व्यवसाय तथा हवाई सेवाजस्ता पर्यटन क्षेत्रमा थाइल्याण्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास पनि व्यक्त गरे ।

उनले भने, ‘नेपाल र थाइल्याण्डबीच कृषि, व्यापार, पर्यटन, संस्कृतिको गहिरो सम्बन्ध कायम रहेको छ । थाइल्याण्डका लगानीकर्तालाई नेपालमा लगानीका लागि म आह्वान गर्दछु । नेपाल र थाइल्याण्डबीचमा व्यापार र पर्यटनको सम्बन्ध राम्रो रहेको छ । अब हामी अन्तरराष्ट्रिय मुद्दाका साथै जलवायु परिवर्तनका बारेमा हातेमालो गरेर काम गर्नेछौँ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register