राजावादीको प्रदर्शनबारे जवाफ माग्न राज्यव्यवस्था समितिले बोलायो गृहमन्त्रीलाई

काठमाडौं । राजावादीहरूको प्रदर्शनका क्रममा भएको घटनाका सम्बन्धमा छलफल गर्न संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ । समितिले चैत २२ गते शुक्रबार ११ बजे गृहमन्त्रीसँग १५ गतेको घटनाबारे जवाफ माग्न बोलाएको हो । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्री रमेश लेखकलाई शुक्रबार चैत २२ गतेको बैठकमा बोलाइने बताएका […]

Apr 2, 2025 - 10:49
 0
राजावादीको प्रदर्शनबारे जवाफ माग्न राज्यव्यवस्था समितिले बोलायो गृहमन्त्रीलाई

काठमाडौं । राजावादीहरूको प्रदर्शनका क्रममा भएको घटनाका सम्बन्धमा छलफल गर्न संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ । समितिले चैत २२ गते शुक्रबार ११ बजे गृहमन्त्रीसँग १५ गतेको घटनाबारे जवाफ माग्न बोलाएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्री रमेश लेखकलाई शुक्रबार चैत २२ गतेको बैठकमा बोलाइने बताएका छन् । उनले तीनकुने घटनाबारे बुझ्न गृहमन्त्री रमेश लेखकलाई बोलाउने निर्णय गरेको बताए । उनले भने, ‘जहाँसम्म अहिले गृहमन्त्रीलाई १५ गतेको घटनाबारे जानकारी गराउनुपर्ने छ,  त्यसका लागि समितिले सम्पर्क गरेको छ । अब २२ गते शुक्रबार ११ बजे समितिको अर्को बैठक बस्नेछ । त्यसमा तीनकुने घटनाको बारेमा यथार्थ जनताका बिचमा लानेगरी हामी गृहमन्त्रीलाई बोलाउने छौं ।’

समिति सदस्यहरूले राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री लेखकलाई १५ गतेको घटनाबारे जवाफ दिनका लागि बोलाउनुपर्ने माग गरेका थिए ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैत १५ गते भएको  आन्दोलनका क्रममा घटेका सबै घटनाहरुको बारेमा गृहमन्त्रीले समितिलाई जानकारी गराउनुपर्ने बताए । बुधबार बसेको समिति बैठकमा बोल्दै शर्माले तीनकुने घटनाको सबै जानकारी गृहमन्त्रीले समितिमा दिनुपर्ने बताए ।

‘एउटा बैठक बसे पछाडि अर्को बैठक बस्ने अवधिको बीचमा यदी मुलुकमा कुनै  प्रकारको गम्भीर प्रकृतिको घटना हुन्छ भने त्यो संसदको गहिरो ध्यानाकर्षणको विषय बन्छ,’ उनले भने, ‘संसदमा माननिय गृहमन्त्रीज्युले जवाफ दिनलाई चाँही अनुकुल समय विविध कारण मिलेन । पहिला द्वन्द्व थियो, पछि दीपक बोहोरा जिको घटना भयो । राज्य व्यवस्था समितिको यो बैठकमा गृहमन्त्री ज्युलाई बोलाउनुपर्छ ।’

उनले गृहमन्त्रीले  राज्य प्रशासनको तर्फबाट राज्यको बुझाई, भएको विषय वस्तुलगायत समग्र विषयमा समितिलाई जानकारी गराउनु पर्ने बताएका थिए ।

राजावादीको प्रदर्शनका क्रममा गत शुक्रबार तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो । केही घर तथा सार्वजनिक सम्पत्तिमा आगजनी भएको थियो ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घटनामा सरकारले सरकारले चाँडै जवाफ दिनुपर्ने बताए । उनले प्रहरी घेरामा रहेका दुर्गा प्रसाईंलाई पक्राउ नगरिएकोप्रति आक्रोश पोखे । उनले भने, ‘चैत १५ गतेको घटनामा सरकारले चाँडै जवाफ दिनुपर्थ्यो । प्रधानमन्त्री नै आएर जवाफ दिनुपर्थ्यो । सरकारले गणतन्त्रको बारेमा, संविधानको रक्षाको बारेमा कुरा गर्यो । तर चैत १५ गतेको घटना के हो भनेर जवाफ दिएको छैन । दिनुपर्छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register