अन्तरिम आदेश नपाएपछि पत्रकार सम्मेलन गर्दै कुलमान

काठमाडौं । आफूलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि कुलमान घिसिङले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै छन्। अदालतले प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नै निरन्तरताको आदेश दिएको भोलिपल्ट आज घिसिङले पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन दिउँसो १ बजे नयाँ बानेश्वरस्थित […]

Apr 4, 2025 - 05:54
 0
अन्तरिम आदेश नपाएपछि पत्रकार सम्मेलन गर्दै कुलमान

काठमाडौं । आफूलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि कुलमान घिसिङले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै छन्।

अदालतले प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नै निरन्तरताको आदेश दिएको भोलिपल्ट आज घिसिङले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पत्रकार सम्मेलन दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा हुनेछ । सहभागिताका लागि उनले सञ्चारकर्मीलाई अनुरोध गरेका छन् ।

सरकारले यही चैत ११ गते घिसिङलाई हटाएर विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो । घिसिङको पदावधि ४ महिना बाँकी थियो ।

शाक्यले पनि घिसिङको नियुक्ति नै गलत भएको दाबीसहित ४ वर्षअघि आफूले दायर गरेको रिटमा पहिले निर्णय हुनुपर्ने माग गरेर रिट दिएका थिए ।

कुलमानको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register