कुवेतविरुद्ध भुर्तेलको अर्धशतक

काठमाडौं । हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले बिहीबार बिहान जारी कुवेतविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् । कुशलले २५ बलमा चार छक्का र पाँच चौकासहित अर्धशतक पूरा गरे । नेपाली टोली कुवेतले दिएको १८६ रनको विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ । पहिले […]

Apr 10, 2025 - 04:45
 0
कुवेतविरुद्ध भुर्तेलको अर्धशतक

काठमाडौं । हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले बिहीबार बिहान जारी कुवेतविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।
कुशलले २५ बलमा चार छक्का र पाँच चौकासहित अर्धशतक पूरा गरे ।

नेपाली टोली कुवेतले दिएको १८६ रनको विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ । पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा आठ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले तीन र नन्दन यादवले दुई विकेट लिए । यस्तै ललितनारायण राजवंशी र कुशल भुर्तेलले एक–एक विकेट हात पारे ।

यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

यस्तै, सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको छ । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् ।

यो खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register