माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीच सहयोग आदानप्रदानको समझदारी

काठमाडौं । नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)बीच आपसी सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनको चोङकिङ नगरमा आइतबार आयोजित एक कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार पार्टी निर्माण, राज्य सञ्चालन, कार्यकर्ता प्रशिक्षण तथा अनुभव साटासाटका क्षेत्रमा आपसी सहकार्यलाई सुदृढ बनाइने छ । यस्तै, पार्टी स्कुल विकास, पाठ्यक्रम निर्माण, शिक्षक विकास […]

Apr 13, 2025 - 17:24
 0
माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीच सहयोग आदानप्रदानको समझदारी

काठमाडौं । नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)बीच आपसी सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

चीनको चोङकिङ नगरमा आइतबार आयोजित एक कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीअनुसार पार्टी निर्माण, राज्य सञ्चालन, कार्यकर्ता प्रशिक्षण तथा अनुभव साटासाटका क्षेत्रमा आपसी सहकार्यलाई सुदृढ बनाइने छ । यस्तै, पार्टी स्कुल विकास, पाठ्यक्रम निर्माण, शिक्षक विकास र शिक्षण विधिमा सहकार्य गर्दै कार्यकर्ता शिक्षाको अन्तरराष्ट्रियकरण तथा व्यावसायिकता प्रवद्र्धन गरिने प्रतिनिधिमण्डलका सदस्य रामदीप आचार्यले जानकारी दिए ।

समझदारीपत्रमा उच्चस्तरीय भ्रमण, शिक्षक आदानप्रदान, संयुक्त गोष्ठी, कार्यशालाहरू तथा शैक्षिक संवादमार्फत उच्चस्तरीय संयन्त्र निर्माण गरिने उल्लेख छ ।

माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधिमण्डल गत बुधबारदेखि चीनको भ्रमणमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register