नेपाललाई तीन रनले हराउँदै कुवेतले उचाल्यो चार देशीय टी–२० आई उपाधि

झापा, १ बैशाख । हङकङमा सम्पन्न चार देशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतले हात पारेको छ । आज भएको फाइनलमा नेपाललाई तीन रनले हराउँदै कुवेतले उपाधि हात पारेको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १७१ रनमा सीमित बन्यो । नेपालका लागि बसिर अहमदले ४३ बलमा [...] The post नेपाललाई तीन रनले हराउँदै कुवेतले उचाल्यो चार देशीय टी–२० आई उपाधि appeared first on Jhapa Online.

Apr 13, 2025 - 19:25
 0
नेपाललाई तीन रनले हराउँदै कुवेतले उचाल्यो चार देशीय टी–२० आई उपाधि

झापा, १ बैशाख । हङकङमा सम्पन्न चार देशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतले हात पारेको छ ।

आज भएको फाइनलमा नेपाललाई तीन रनले हराउँदै कुवेतले उपाधि हात पारेको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १७१ रनमा सीमित बन्यो । नेपालका लागि बसिर अहमदले ४३ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै ८० रन बनाए । यस्तै, नन्दन यादवले ३७ र आसिफ शेखले २१ रन भने अन्य कुनै पनि खेलाडीले दोेहोरो अङ्कको रन जोड्न सकेनन् ।

कुवेतका लागि अनुदीप चेन्थमाराले सर्वाधिक तीन विकेट लिए । यस्तै, यासिन पटेल र नवीनराज राजेन्द्रनले समान दुईरदुई विकेट हात पार्दा मोहम्मद शफीक र मोहम्मद असलमले पनि समान एक÷एक विकेट लिए ।

हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रन बनाएको थियो । कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारि खेले । उनले ३६ बलमा छ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाए । यस्तै, क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए । अन्य कुनै खेलाडीले दोेहोरो अङ्कको रन जोड्न सकेनन् ।

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुई÷दुई विकेट लिँदा करण के।सी र कुशल भुर्तेलले एक÷एक विकेट हात पारेका थिए

The post नेपाललाई तीन रनले हराउँदै कुवेतले उचाल्यो चार देशीय टी–२० आई उपाधि appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register