बाँकेमा ५६ फरार अभियुक्त पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेले विभिन्न स्थानबाट अनेकखाले अपराध गरेर लामो समयदेखि फरार भएका ५६ अभियुक्तलाई पक्राउ गरेको छ । उनीहरूबाट पाँच वर्ष सात महिना २९ दिन कैद र रु १८ लाख ८६ हजार जरिवाना असूल उपर गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार फरार प्रतिवादी जबरजस्तीकरणी, कर्तव्य ज्यान, […]

Apr 16, 2025 - 06:12
 0
बाँकेमा ५६ फरार अभियुक्त पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेले विभिन्न स्थानबाट अनेकखाले अपराध गरेर लामो समयदेखि फरार भएका ५६ अभियुक्तलाई पक्राउ गरेको छ । उनीहरूबाट पाँच वर्ष सात महिना २९ दिन कैद र रु १८ लाख ८६ हजार जरिवाना असूल उपर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार फरार प्रतिवादी जबरजस्तीकरणी, कर्तव्य ज्यान, लागुऔषध कारोबार, चेक अनादार, बहुविवाहलगायत मुद्दाका रहेका छन् । यसअघि गत फागुनमा प्रहरीले ६५ फरार प्रतिवादी पक्राउ गरेको थियो ।

‘यसमा अदालतले फैसला गरेका र केही मुद्दा मात्रै चलेका अभियुक्त छन्,’ उनले भने । प्रहरीले चैत महिनाको अवधिमा ५६ फरार प्रतिवादी पक्राउका क्रममा रु ३ लाख ५९ हजार तीन सय ५० बराबरको भारतबाट भन्सार छली गरेर ल्याएको अवैध सामग्री बरामद गरेको थियो । अवैध तस्करीमा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको र ओसारपसारमा प्रयोग भएको एउटा जीप र तीन मोटरसाइकल बरामद गरी आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक पातलीले बताए ।

चैत महिनामा दर्ता भएका एक सस ५८ मुद्दातर्फ एक सय ९३ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । तीन हजार सात सय २० सावरीसाधनका चालकलाई कारबाही गरी रु २९ लाख ५८ हजार राजस्व सङ्कलन गरिएको छ । सो अवधिमा ७१ सवारीसाधन दुर्घटना हुँदा सात जनाको मृत्यु तथा एक सय २० जना घाइते भएका थिए ।

विभिन्न स्थानबाट हराएका तथा चोरी भएका छ मोटरसाइकल र २६ स्मार्ट मोबाइल फोन फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रहरीले जनाएको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register