म्याग्दीमा एकसय ७९ वटा कुकुरलाई बन्ध्याकरणसहित रेबिजविरुद्ध खोप लगाइयो

म्याग्दी। हिमाली जिल्ला म्याग्दीमा रहेका सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्नुको साथै रेविज विरुद्धको खोप लगाइएको छ । बढ्दै गैरहेका कुकुरको सङ्ख्या न्यूनीकरण गर्नका लागि निःशुल्क रुपमा कुकुरको बन्ध्याकरणसहित रेबिज रोग विरुद्धको खोप लगाइएको हो ।

Apr 17, 2025 - 16:52
 0
म्याग्दीमा एकसय ७९ वटा कुकुरलाई बन्ध्याकरणसहित रेबिजविरुद्ध खोप लगाइयो

म्याग्दी।

हिमाली जिल्ला म्याग्दीमा रहेका सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्नुको साथै रेविज विरुद्धको खोप लगाइएको छ । बढ्दै गैरहेका कुकुरको सङ्ख्या न्यूनीकरण गर्नका लागि निःशुल्क रुपमा कुकुरको बन्ध्याकरणसहित रेबिज रोग विरुद्धको खोप लगाइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दी र बेनी नगरपालिका म्याग्दीको संयुक्त आयोजनामा एकदिने निःशुल्क शिविर सञ्चालन गरी कुकुरको बन्ध्याकरण गर्नुका साथै कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाइएको छ । समुदायस्तरमा छाडा रुपमा बढ्दै गैरहेका कुकुरको सङ्ख्या न्यूनीकरण गर्ने उद्देश्यसहित निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।


दुईवटै कार्यालयको चालु आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रम तथा बजेट अनुसार बन्ध्याकरण शिविर र रेबिज विरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरी रेबिज विरुद्धको खोप लगाइएको छ । रेबिज जस्तो प्राणघातक रोगबाट बच्नको लागि शिविरमा ल्याइएका सबै कुकुरहरुलाई रेबिज रोग विरुद्धको खोप लगाइएको सूचना अधिकारी रेग्मीले बताउनुभयो ।

गएको आइतबार दिनभर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय परिसरमा कुकुरको निःशुल्क रुपमा बन्ध्याकरण गर्नुका साथै रेबिज रोग विरुद्धको खोप लगाइएको थियो । उक्त शिविरमा ३९ वटा सामुदायिक तथा २५ वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ । शिविरको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले उद्घाटन गर्दै समुदायस्तरमा जथाभावी रुपमा छाडा छोडिएका कुकुरको व्यवस्थापन गर्नको लागि भेटेरिनरी अस्पताल र बेनी नगरपालिकाबाट शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले छाडा छोडिएका कुकुरले रेबिज रोग सार्ने तथा दुर्घटना समेत गराउने भएकाले शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । 

निःशुल्क बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाउने शिविरमा एनिमल केयर सेन्टर काठमाडौंका पशु चिकित्सक डाक्टर विकास श्रेष्ठ, सुमन थापा र बेनी नगरपालिकाका पशु सेवा शाखाका प्रमुख डा. आशिष सापकोटाले कुकुरहरुको बन्ध्याकरण गर्नुभएको थियो । कुकुरको अनावश्यक सङ्ख्या वृद्धिदर रोक्न तथा रेबिज रोग नियन्त्रण गर्न शिविरको आयोजना गरी कुकुरमा बन्ध्याकरण गर्नुका साथै रेविज रोग विरुद्धको खोप लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । 

यसअघि रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रवार र २ नम्बर वडा राखु भगवतीमा शनिवार कुकुरको निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन भएको थियो । मौवाफाँटमा ५५ र भगवतीमा ६० वटा कुकुरको बन्ध्याकरण भएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाको चालु आवको वार्षिक स्वीकृत कार्यक्रमबाट भेटेरिनरी अस्पताल म्याग्दीसँगको समन्वयमा शिविर चलाइएको थियो । 

कुकुरको सङ्ख्या वृद्धिका कारणले रेविज रोग लाग्ने र दुर्घटनाको समेत जोखिम बढेकाले शिविरको आयोजना गरी बन्ध्याकरण तथा रेविजविरुद्ध खोप लगाइएको छ । निःशुल्क शिविरबाट विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्म रेबिज रोगलाई शुन्यमा झार्ने अभियानलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register