सिंहदरबारबाट ज्ञानेन्द्र शाही पनि पक्राउ 

काठमाडौँ । सिंहदरबारभित्र नारा लगाउन खोजेपछि ज्ञानेन्द्र शाहीलाई प्रहरीले समातेको छ । राजाका पक्षमा सिंहदरबारभित्र नारा लगाउने खोजेपछि शाहीलाई प्रहरीले समातेको हो ।  शाहीसहित प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई पनि पक्राउ गरेको छ ।  सिंहदरबारभित्र पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिङदेन र शाहीसँगै राप्रपाका नेता बुद्धि […]

Apr 20, 2025 - 09:59
 0
सिंहदरबारबाट ज्ञानेन्द्र शाही पनि पक्राउ 

काठमाडौँ । सिंहदरबारभित्र नारा लगाउन खोजेपछि ज्ञानेन्द्र शाहीलाई प्रहरीले समातेको छ । राजाका पक्षमा सिंहदरबारभित्र नारा लगाउने खोजेपछि शाहीलाई प्रहरीले समातेको हो । 

शाहीसहित प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई पनि पक्राउ गरेको छ । 

सिंहदरबारभित्र पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिङदेन र शाहीसँगै राप्रपाका नेता बुद्धि तामाङ पनि पक्राउ परेका छन् । 

आइतबार राप्रपाले राजा फर्काउनुपर्ने र तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ता रिहाईका माग गर्दै प्रदर्शन गरिरहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register