आज एक लाख युवा भृकुटीमण्डपमा उतार्ने एमालेको दाबी

काठमाडौं । सत्तारुढ नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा आज (बिहीबार) काठमाडौंमा ‘युथ सेलिब्रेसन’ विशेष कार्यक्रमको आयोजना गर्दैछ । लोकतन्त्र दिवसको अवसर पारेर दिउँसो १ बजेबाट भृकुटीमण्डपमा ४० वर्षमुनिका एक लाख युवालाई उतार्ने एमालेले तयारी गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले संक्षिप्त शुभकामना मन्तव्य […]

Apr 24, 2025 - 06:24
 0
आज एक लाख युवा भृकुटीमण्डपमा उतार्ने एमालेको दाबी

काठमाडौं । सत्तारुढ नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा आज (बिहीबार) काठमाडौंमा ‘युथ सेलिब्रेसन’ विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
लोकतन्त्र दिवसको अवसर पारेर दिउँसो १ बजेबाट भृकुटीमण्डपमा ४० वर्षमुनिका एक लाख युवालाई उतार्ने एमालेले तयारी गरेको छ ।

कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले संक्षिप्त शुभकामना मन्तव्य राख्ने र बाँकी सबै वक्ता युवा रहने छन् ।

जसअनुसार प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिकी उपप्रमुख सुनीता डङ्गोल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी शेख, शिवकुमारी चौधरी, विशाल पुन, शर्मिला भण्डारी लगायतका युवाको आफ्नो धाराणा राख्ने तयारी रहेको छ ।

आयोजकका अनुसार महोत्सवमा ४० वर्ष मुनिका विभिन्न उमेर समूहका युवाहरूले आफ्नो विचार राख्नेछन् भने विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुनेछ । कार्यक्रममा देशभरबाट एक लाख युवाले सहभागिता जनाउने एमालेको दाबी छ ।

कार्यक्रममा आउनेहरूका लागि मोटरसाइकल र स्कुटर पार्किङका लागि बग्गीखानामा व्यवस्था गरिएको छ भने मिनी र ठूला बसका लागि टुँडिखेल र साना गाडीका लागि रङ्गशालामा व्यवस्था मिलाइएको एमालले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register