निन्दनीय पहलगाम आतङ्कवादी आक्रमण

भारतको जम्मु–कश्मीर राज्यमा रहेको पर्यटकीय क्षेत्र पहलगाममा अप्रिल २२ तारिख (वैशाख ९)मा भएको आतङ्कवादी आक्रमण दक्षिण एसिया क्षेत्रमा पछिल्लो समय घटेको एक बरबर र निन्दनीय घटना हो । कायरतापूर्ण ढङ्गबाट गरिएको यो अमानवीय आक्रमण प्रथम दृष्टिमा नै भर्त्सनायोग्य छ । आतङ्कवादी आक्रमणमा पहलगाम पुगेका निर्दोष तीर्थयात्री र पर्यटक सर्वसाधारणहरूले ज्यान गुमाउनु परेको छ । विवरणहरूका […]

Apr 25, 2025 - 06:15
 0
निन्दनीय पहलगाम आतङ्कवादी आक्रमण

भारतको जम्मु–कश्मीर राज्यमा रहेको पर्यटकीय क्षेत्र पहलगाममा अप्रिल २२ तारिख (वैशाख ९)मा भएको आतङ्कवादी आक्रमण दक्षिण एसिया क्षेत्रमा पछिल्लो समय घटेको एक बरबर र निन्दनीय घटना हो । कायरतापूर्ण ढङ्गबाट गरिएको यो अमानवीय आक्रमण प्रथम दृष्टिमा नै भर्त्सनायोग्य छ ।

आतङ्कवादी आक्रमणमा पहलगाम पुगेका निर्दोष तीर्थयात्री र पर्यटक सर्वसाधारणहरूले ज्यान गुमाउनु परेको छ । विवरणहरूका अनुसार उनीहरू सबै निःशस्त्र गैरसैनिक थिए । जम्मु–कश्मीरको भूमिभन्दा बाहिरबाट तीर्थाटनमा हिँडेका उनीहरूको कश्मीरी राजनीति तथा भूराजनीतिक तनावसँग न कुनै लेनादेना थियो न त संलग्नता नै ।

आक्रमणमा परेर नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाले ज्यान गुमाए । निःशस्त्र र निर्दोष सर्वसाधारणलाई लक्षित गरी यस्तो क्रूर, हिंस्रक र आततायी आक्रमण आतङ्कवादीबाहेक अरु कुनै सङ्गठन, समूह वा व्यक्तिले गर्न सक्दैन । आतङ्कवाद कदापि स्वीकार्य र क्षम्य हुन सक्दैन ।

छिमेकी देश भारतमाथि यस प्रकारका आतङ्कवादी हमला यसअघि पनि हुने गरेका थिए । सन् २००१ को डिसेम्बरमा भारतीय संसद् भवनमै आक्रमण भएको थियो । सन् २००८ को नोभेम्बरमा मुम्बईको ताज होटेलमा आतङ्कवादी हमला भएको थियो । सन् २०१६, सेप्टेम्बरमा कश्मीरकै उरी र सन् २०१९ को फेब्रुअरीमा पुलवामा भएका हमलाले आतङ्कवादको क्रूरतालाई प्रकट गरेका थिए ।

त्यसपछि केही सुस्ताएको यस्तो खालका घटना फेरि दोहोरिन थालेका छन् ।

भारतलक्षित यस्ता बारम्बारका आतङ्कवादी हमलाको नेपालले सधैँ निन्दा र विरोध गर्दै आएको छ । यसपटक पनि नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्दै आतङ्कवाद विरुद्धको लडाइमा नेपाल सधैँ भारतको साथमा रहेको स्पष्ट पारेका छन् ।

टेलिफोन वार्तापछि सामाजिक सञ्जाल ‘एक्स’मार्फत जारी सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘पहलगाम आतङ्कवादी हमलामा भएको जनहानिलाई लिएर गहिरो संवेदना प्रकट गर्दछु । यस्ता जघन्य कृत्यहरूविरुद्ध नेपाल भारतको साथमा रहिरहने छ ।’

परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत नेपालका सबै राजनीतिक दलले पहलगाम आक्रमणको निन्दा गरेका छन् । मन्त्री राणाले भनेकी छिन्, ‘यस्तो क्रूर र अमानवीय कार्यको जति निन्दा गरे पनि पुग्दैन । नेपाल सरकार यो घटनाको निन्दा एवम् भत्र्सना गर्दछ । यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको साथमा रहेको छ ।’

नेपालसँगै घटनाको विश्वभरिबाट निन्दा भएको छ । अमेरिका, रुस, बेलायत, इटली, युरोपेली सङ्घ, फ्रान्स, इजरायल, चीन, साउदी अरेबिया आदि देशले पहलगाम आतङ्कवादी आक्रमणको विरोध र निन्दा गरेका छन् । पाकिस्तानले पनि आतङ्कवादी हमलाप्रति चिन्ता व्यक्त गरेको छ ।

पहलगाम हमलालाई कतिपयले ‘धार्मिक’ रूप दिन खोजे पनि त्यस्तो सङ्कथन सर्वथा अस्वीकार्य हुन्छ । कुनै पनि धर्मले निर्दोष नागरिकको हत्यालाई सही ठहर्‍याउन सक्दैन । त्यो धर्मको उद्देश्य र अन्तर्निहीत गुण होइन । धर्मलाई आधार बनाएर हिंसाको प्रयोग गर्नु धर्मकै अपमान र अवमूल्यन हो । धर्मको उद्देश्य आध्यात्मिक शान्ति, सहिष्णुता, स्थिरता, मानवता र समाञ्जस्यता हो । साम्प्रदायिक तनाव र हिंसा होइन ।

पाकिस्तानले यस घटनामा आफ्नो कुनै संलग्नता नभएको बताएको छ । यद्यपि, कश्मीर विभाजनको पृष्ठभूमिबाट यस्ता आक्रमण निरपेक्ष छन् भनेर भारतले पत्याइरहेको छैन । कश्मीर मुद्दामा भारत–पाक मतभिन्नता लामो र ऐतिहासिक हो । सन् १९७२ को सिमला सम्झौतालगायतका सहमतिले त्यसलाई समाधान गरी शान्ति र स्थायीत्वको प्रयास पनि भएका हुन् ।

भारतमाथि बेलाबेलामा हुने यस्ता आतङ्ककारी आक्रमणमा पाकिस्तान अधीनस्थ कश्मीर क्षेत्रबाट हुने चलखेल जिम्मेवार रहेको भारतको गुनासो रहँदै आएको छ । आपसी सुरक्षाका लागि भारत–पाकिस्तान दुबैले जायज सरोकारको सम्बोधन गर्नु उचित हुन्छ ।

भारतले वैशा ९ को घटनापछि पाकिस्तानलक्षित कठोर निर्णय गरेको छ । सिन्धु जल सम्झौता स्थगन, अटेरीलगायत केही चेकपोस्ट बन्द, पाकिस्तानी नागरिकलाई भिसा प्रतिबन्धजस्ता निर्णयले पाकिस्तान अधीनस्थ क्षेत्रमा आतङ्कवादी सङ्गठनलाई नियन्त्रणमा दबाब पर्ने भारतको अपेक्षा हुन सक्दछ । यस सँगसँगै भूराजनीतिक तनाव, द्वन्द्व र ध्रुवीकरण जोडिएर आउने यथार्थलाई अस्वीकार गर्न सकिँदैन ।

यस्ता तनावले अस्थिर र गडबड हुँदै गएको दक्षिण एसियाको स्थायित्वमा थप जोखिम सिर्जना गर्न सक्दछ । नेपाल यो पाटोबाट पनि होसियार हुन आवश्यक छ ।

राष्ट्र, धर्म, जाति, भाषा, वर्ण, क्षेत्र आदि जुनसुकै आवरणको आतङ्कवादले मानवतालाई सधैँ हानी पु¥याउने गरेको छ । धनजनको क्षतिसँगै अस्थिरता र तनाव बढाएको छ । आतङ्कवादले कहिल्यै कुनै समाधान दिएको छैन, सधैँ गतिरोधको सिर्जना र भयको विस्तार मात्र गरेको छ । यदि समस्या छन् भने पनि बृहत् शान्तिपूर्ण आयाम, लोकतान्त्रिक अवसर र विश्व मानवताको तहत प्रकट गरिनु पर्दछ । आतङ्कवादी बाटो समकालीन लोकतान्त्रिक विश्वले सुनुवाइ र स्वीकार गर्न सक्दैन । आतङ्कको दबाबमा आजसम्म कसैका कुनै अभीष्ट पूरा भएका छैनन् र हुँदैनन् ।

पहलगाम हमलालाई कतिपयले ‘धार्मिक’ रूप दिन खोजे पनि त्यस्तो सङ्कथन सर्वथा अस्वीकार्य हुन्छ । कुनै पनि धर्मले निर्दोष नागरिकको हत्यालाई सही ठहर्‍याउन सक्दैन । त्यो धर्मको उद्देश्य र अन्तर्निहित गुण होइन । धर्मलाई आधार बनाएर हिंसाको प्रयोग गर्नु धर्मकै अपमान र अवमूल्यन हो । धर्मको उद्देश्य आध्यात्मिक शान्ति, सहिष्णुता, स्थिरता, मानवता र समाञ्जस्यता हो । साम्प्रदायिक तनाव र हिंसा होइन ।

छिमेकी देशले सामना गरिरहेको अवाञ्छित आतङ्कवादी आक्रमणका क्षणमा नेपाली समाज भारतको पक्षमा दृढतापूर्वक खडा हुनु स्वाभाविक र आवश्यक हो । आतङ्कवादले देशको सीमा चिन्दैन । यदि समयमै त्यसलाई नियन्त्रण नगर्ने हो भने त्यो जतासुकै फैलिन सक्छ ।

नेपालले दक्षिण एसियाको सुरक्षा संवेदनशीलतालाई सधैँ राम्ररी बुझेको छ । नेपाल पहलगाम आतङ्कवादी हमालको विपक्षमा दृढतापूर्वक उभिनु त्यसैको थप प्रस्ट प्रमाण हो । शान्तिपूर्ण सहअस्तित्व र सहकार्यमा बाँधिएको भातृत्वपूर्ण दक्षिण एसियाबाट मात्रै सबैको भलो हुन सक्छ । यस क्षेत्रको शान्ति र स्थायित्व अवाञ्छित सङ्घर्षले होइन, तार्किक सामञ्जस्यताले मात्र सुनिश्चित हुन सक्दछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register