ठूला दललाई रास्वपाको चुनौती – ज्यादतीको हिसाब ०८४ को चुनावमा गरौँला

काठमाडौं । रास्वपाका उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेलाई जसरी पनि थुन्नेतर्फ सरकार लागेको आरोप लगाएका  छन् । प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै अर्यालले भने, “सरकारलाई दुई तिहाइको घमन्ड छ । हाम्रो पार्टीका सभापति रवि लामिछानेलाई जसरी पनि थुन्नेतर्फ सरकार लागेको छ ।” प्रहरीले लामिछाने निवासमा गरेको गतिविधि आपत्तिजनक रहेको उनको भनाइ छ । […]

Apr 25, 2025 - 10:16
 0
ठूला दललाई रास्वपाको चुनौती – ज्यादतीको हिसाब ०८४ को चुनावमा गरौँला

काठमाडौं । रास्वपाका उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेलाई जसरी पनि थुन्नेतर्फ सरकार लागेको आरोप लगाएका  छन् ।

प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै अर्यालले भने, “सरकारलाई दुई तिहाइको घमन्ड छ । हाम्रो पार्टीका सभापति रवि लामिछानेलाई जसरी पनि थुन्नेतर्फ सरकार लागेको छ ।”

प्रहरीले लामिछाने निवासमा गरेको गतिविधि आपत्तिजनक रहेको उनको भनाइ छ । साथै, सरकारले गरेका ज्यादतीको हिसाब ०८४ को चुनावमा हुने अर्यालले बताए ।

उनले भने, “प्रहरीले सभापति लामिछानेको निवासमा गरेको गतिविधि आपत्तिजनक छ । कागजता विना जानू, अन्तिम इच्छा सोध्नु सरकारले नियतवश साँधेको प्रतिशोध हो । यसको हिसाब ८४ मा गरौँला ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register