सहकारी ठगी आरोपमा सांसद माया राई पक्राउ

झापा, १४ बैशाख । सांसद माया राई पक्राउ परेको जानकारी प्रहरीले संघीय संसद्लाई दिएको छ । सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसर, भद्रकालीले सांसद राई पक्राउ परेको बारेमा सो जानकारी गराएको हो । ‘उपरोक्त सबन्धमा सुमन खनालसमेतको जाहेरीमा बादी नेपाल सरकार प्रतिवादी स्वर्ण लक्ष्मी बहुउद्देश्सीय सहकारी संस्था लिमिटेका अध्यक्ष एवम् सञ्चालक गितेन्द्रबाबु राई [...] The post सहकारी ठगी आरोपमा सांसद माया राई पक्राउ appeared first on Jhapa Online.

Apr 27, 2025 - 07:48
 0
सहकारी ठगी आरोपमा सांसद माया राई पक्राउ

झापा, १४ बैशाख । सांसद माया राई पक्राउ परेको जानकारी प्रहरीले संघीय संसद्लाई दिएको छ । सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसर, भद्रकालीले सांसद राई पक्राउ परेको बारेमा सो जानकारी गराएको हो ।

‘उपरोक्त सबन्धमा सुमन खनालसमेतको जाहेरीमा बादी नेपाल सरकार प्रतिवादी स्वर्ण लक्ष्मी बहुउद्देश्सीय सहकारी संस्था लिमिटेका अध्यक्ष एवम् सञ्चालक गितेन्द्रबाबु राई समेत भएको ठगी र सङ्गठित अपराध सम्बन्धी कसुर मुद्दामा भागी फरार रहेका प्रतिवादी माया राईलाई अनुसन्धानको क्रममा बैशाख १३ गते बुढानिलकण्ठ नगरपालिका–१० कपन स्थितबाट पक्राउ गरी यसका कार्यालयमा दाखिल हुन आएकी प्रतिवादी नेपाली कांग्रेसको वर्तमान संघीय प्रतिनिधिसभाको सदस्यलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको ब्यहोरा सादर अनुरोध गरिएको छ’ प्रहरीले भनेको छ ।

The post सहकारी ठगी आरोपमा सांसद माया राई पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register