युक्रेनले क्रिमियामाथि आफ्नो दाबी त्याग्ला ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्की शान्ति सम्झौताको एक भागको रूपमा क्रिमिया रूसलाई सुम्पन इच्छुक रहेको दाबी गरेका छन् । ट्रम्पलाई सोधिएको थियो, “के तपाईंलाई लाग्छ युक्रेनी राष्ट्रपति आफ्नो दक्षिणी प्रायद्वीपको नियन्त्रण त्याग्न इच्छुक छन्, जुन रूसले सन् २०१४ मा अवैध रूपमा कब्जा गरेको थियो ? जवाफमा ट्रम्पले भने, “मलाई त्यस्तै […]

Apr 28, 2025 - 06:47
 0
युक्रेनले क्रिमियामाथि आफ्नो दाबी त्याग्ला ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्की शान्ति सम्झौताको एक भागको रूपमा क्रिमिया रूसलाई सुम्पन इच्छुक रहेको दाबी गरेका छन् ।

ट्रम्पलाई सोधिएको थियो, “के तपाईंलाई लाग्छ युक्रेनी राष्ट्रपति आफ्नो दक्षिणी प्रायद्वीपको नियन्त्रण त्याग्न इच्छुक छन्, जुन रूसले सन् २०१४ मा अवैध रूपमा कब्जा गरेको थियो ?

जवाफमा ट्रम्पले भने, “मलाई त्यस्तै लाग्छ ।”

ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न “गोलीबारी रोक्न र सम्झौतामा हस्ताक्षर गर्न” पनि आह्वान गरे ।

आगामी दुई हप्ताभित्र हस्ताक्षर हुनसक्ने ट्रम्प विश्वास गर्छन् ।

भ्याटिकनबाट फर्केपछि ट्रम्पले पत्रकारसँगको कुराकानीमा यस्तो बताएको बीबीसीले जनाएको छ ।

पोप फ्रान्सिसको अन्त्येष्टिमा भाग लिने क्रममा ट्रम्पले अप्रिल २६ मा जेलेन्स्कीसँग छोटो भेटघाट गरेका थिए । ट्रम्पले बैठक राम्रो भएको र क्रिमियाको बारेमा धेरै छोटो छलफल भएको बताए ।

ट्रम्पको हालैको टिप्पणीमा युक्रेन र रुसबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register