बजेट निर्माणको तयारीमा अर्थमन्त्री, बजेट लेखन समिति गठन 

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनको तयारीमा जुटेका छन् । बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समितिसमेत गठन गरेको छ ।  उक्त समितिको संयोजक अर्थ मन्त्रालयले बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाललाई तोकेको छ ।  बजेट लेखन समितिमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार […]

Feb 28, 2025 - 04:01
 0
बजेट निर्माणको तयारीमा अर्थमन्त्री, बजेट लेखन समिति गठन 

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनको तयारीमा जुटेका छन् । बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समितिसमेत गठन गरेको छ । 

उक्त समितिको संयोजक अर्थ मन्त्रालयले बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाललाई तोकेको छ । 

बजेट लेखन समितिमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन् ।

त्यस्तै, राष्ट्रिय योजना आयोगबाट प्राप्त स्रोत समितिको निर्णयअनुसारको सीमाभित्र रहेर अर्थ मन्त्रालयले चालु, पूँजीगत, वित्तीय व्यवस्था तथा अन्तर सरकारी वित्त हस्तान्तरणको मन्त्रालयगत सीमा तथा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणको सीमा उपलब्ध गराएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register