अन्तर्राष्ट्रियस्तरमा पदक जितेका खेलाडीलाई छात्रवृत्ति, टीयू मैदानलाई आधुनिकीकरण
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय स्तरमा पदक जितेका खेलाडीलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने भएको छ । शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय स्तरमा पदक जितेका खेलाडी तथा उनीहरुका सन्ततीका लागि अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था मिलाइने बताएका हुन् । साथै, सरकारले त्रिवि त्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको आधुनिक क्रिकेट मैदानमा रुपान्तरण गरिने व्यवस्था […]

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय स्तरमा पदक जितेका खेलाडीलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने भएको छ ।
शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय स्तरमा पदक जितेका खेलाडी तथा उनीहरुका सन्ततीका लागि अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था मिलाइने बताएका हुन् ।
साथै, सरकारले त्रिवि त्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको आधुनिक क्रिकेट मैदानमा रुपान्तरण गरिने व्यवस्था गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानलाई आधुनिकीकरण गर्ने राष्ट्रपति पौडेलले बताएका हुन् । उनले रङ्गशालामा निर्माणमा ३ तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने बताए ।
साथै, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ।
सरकारले सङ्घ प्रदेश र स्थानीय तह तथा अखिल सङ्घको सहकार्यमा स्पोर्ट्स स्कूल कार्यक्रम गर्ने भएको छ । विद्यालय तहदेखि तालिम, प्रशिक्षण र खेलाडीका लागि खेलकुद कार्यक्रम गरिने छ ।
रङ्गशालामा निर्माणमा ३ तहका सरकार र निजी क्षेत्रको सहभागीता सुनिश्चित गर्न कानुनी व्यवस्थापन मिलाइने छ । खेलकुदलाई निजी क्षेत्रको सीएसआर कार्यक्रमसँग जोडिने कार्यक्रममा उल्लेख छ ।
युवाहरुको शारिरिक तथा मानसिक विकासका लागि नियमित खेलुकद सञ्चालन गरिने सरकारको योजना रहेको छ ।
What's Your Reaction?






